condomकण्डमलाई लिएर मानिसहरुमा अनेका किसिमका भ्रम छन् । कयौं पर्नस्टार समेत कण्डम प्रयोग गर्ने मान्दैनन्। हालै चीनमा गरिएको एक सर्भेमा भने कण्डमका धेरै फाइदा रहेको खूलासा भएको छ ।

हालसम्म कण्डमको प्रयोगबाट अइच्छित गर्भ रोक्ने र सेक्स सर्ने रोगबाट बचाउने मात्र बुझीने गरिएको थियो । चीनमा गरिएको यो ताजा खोजले भने कण्डम प्रयोग गर्नुका अन्य धेरै फाइदाहरु पनि बाहिर आएको छ ।

पुरुषले कण्डम प्रयोग गर्दा खासगरी महिलालाई झन फाइदा हुने खोजबाट पत्ता लागेको हो । कण्डम प्रयोग गरेर सेक्स गर्दा महिलाका यौन अंगमा राम्रा ब्याक्टेरिया प्रवाह बढ्दछ।
खोजकर्ताहरुले खोजमा ल्याक्टोबेसिलस समुहका ब्याक्टेरियामा माथी फोकस गरेका थिए,जुन महिलाको यौन अंगहरुमा प्राकृतिकरुपमा प्रवाह भइरहेका हुन्छन् ।

यो ब्याक्टेरियाले यौन अंगमा लेक्टिक एसिड र हाइ्ड्रोजन पेरोक्साइडका उत्पन्न गर्ने काम गर्दछ । यसले बियर र गोलभेडाले हुने एसिटिडीको तुलनामा औसतन ४.५ पिएच बनाउ राख्दछ । जसले यौन अंगमा इंफेक्सन हुने खतरा निकै घट्दछ । महिलाको यौन अंग स्वस्थ राख्नको लागि ल्याक्टोबेसिलसको महत्वपुर्ण भुमिका हुन्छ, र यसले गर्दा यौन अंगमा चिलाउने, गन्हाउने र डिस्चार्ज नहुने पनि खोजमा बताइएको छ ।