सामान्यतया अधिकाँश पुरुषहरुलाई यौन सम्पर्क गर्दा कण्डोम प्रयोग गर्न मन  पर्दैन । तर अनिच्छित गर्भधारण रोक्नका लागि कण्डोमको प्रयोग आवश्यक छ ।

अधिकाँश पुरुषमा कण्डोमको विषयमा विभिन्न भ्रमहरु रहेको पाहिन्छ । तर यस्ता भ्रमले सेक्स जीवन नै बर्वाद पार्ने खतरा पनि हुन्छ ।

 

condom myth

यी हुन् पुरुषमा हुने कण्डोमबारेका भ्रम त्यसबारेको सत्यता ।

 

स्खलनको समयमा मात्र कण्डोमः

अधिकाँश पुरुष स्खलनको समयमा मात्र कण्डोम लागाएपनि गर्भधारण हुनबाट बच्न सकिने ठान्छन् । तर यो भ्रम मात्र हो । खासमा यौन सम्पर्कको पुरै अवधीभर कण्डोम लगाउन जरुरी छ । किन भने यौन सम्पर्क गर्न शुरु गरे देखि नै पुरुषहरुको केही मात्रामा स्पर्म स्खलित हुन शुरु गर्छ र बिचको अवधीमा भएको स्खलनबाट पनि गर्भधारण हुन सक्छ । त्यसकारण लिङ्ग उत्तेजित भएदेखि नै कण्डोम लगाउनु उत्तम हुन्छ ।

condom myth 1

महिला कण्डोमः

हामीले कण्डोमको विज्ञापनमा केवल पुरुषले लगाउने कण्डोम मात्र देखेका छौं । धेरैलाई लाग्छ कण्डोम पुरुषका लागि मात्र हुन्छ भन्ने भ्रम हुन्छ । तर बजारमा महिलाले लगाउने कण्डोम पनि उपलब्ध छ । खासमा अनिच्छित गर्भ रोक्न महिलाले पनि कण्डोम लगाउन सक्छन् ।

डवल कण्डोमः

कतिपय पुरुष एकैपटक २ कण्डोम लगाउँदा गर्भधारणको सम्भावना नै नरहने ठान्छन् । तर यो सत्य होइन । २ वटा कण्डोम लगाउँदा बरु उल्टो यौन सम्पर्क गर्न समेत झन्झट हुन्छ।

condom myth 2

कण्डोमको पुनः प्रयोगः

कतिपयले एक पटक प्रयोग गरिएको कण्डोम पुनः प्रयोग गर्न सकिने ठान्छन् तर यो कुरा सही होइन । कण्डोम नहुँदा अन्य गर्भ निरोधक विधी अपनाउन जरुरी हुन्छ ।

condom myth 3

कण्डोम र यौन सुखः

अधिकाँश पुरुष कण्डोम लगाउन यौन आनन्द घट्ने ठानेर कण्डोम प्रयोग गर्न नै झन्झट मान्छन् । तर यो सत्य होइन । तर युनिभर्सिटी अफ इण्डियानाको पब्लिक हेल्थका अनुसार पुरुषले कण्डोम लगाउँदैमा यौन आनन्दमा कुनै कमि हुँदैन ।

condom myth 4