२४ असार, काठमाडौ । नेकपा माओवादीले आफूहरुले उठाउदै आएका माग पूरा गर्ने सर्तमा बार्तामा बस्ने भएको छ । त्यसका लागि अध्यक्ष मोहन बैद्यको संयोजकत्वमा वार्ता टोली गठन गरिएको माओवादी स्रोतले जनायो ।
मंसीर चारका लागि घोषणा गरिएको निर्वाचन प्रक्रिर्या खारेज हुनुपर्ने, ११ बुदे सहमति र २५ बुदे बाधा अडकाउ फूकाउ खारेज हुनुपर्ने लगायत सर्त पूरा गर्न सरकार तयार रहे बार्तामा बस्ने बताएको हो । माओवादीले आज पत्रकार सम्मेलन गरि बार्ताटोली र आफूहरुका सर्त सार्वजानिक गर्न लागेको छ ।
आफूहरुका माग पूरा गर्न सरकार तयार नभए सशक्त आन्दोलनको तयारी थाल्ने माओवादी नेताहरले बताएका छन । माओवादी केन्द्रीय सदस्य अनिल शर्मा बिरहीले साउन १० गते ७५ वटै जिल्लामा धक्का दिने कार्यक्रम गर्न लागिएको जानकारी दिएका छन ।
यद्यपी त्यो कस्तो धक्का भन्नेबारे उनले खुलाएनन् । निर्वाचन स्थगन गरेर चुनावी सरकार परिवर्तन र सरकार गठनको ११ बुदे आधार खारेज गर्नुपर्ने माओवादी मागमा अन्यदल भने सकारात्मक बन्न सकेका छैनन् ।