mohan vaidya२४ असार, काठमाडौ । नेकपा–माओवादीले सरकारसँग शसर्त वार्ता गर्ने भन्दै अध्यक्ष मोहन बैद्यको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली समेत गठन गरेको छ ।

नेकपा माओवादीले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी वार्ता टोलीको घोषणा गरेको हो । वार्ता टोलीमा उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिवद्वय देव गुरुङ र नेत्रविक्रम चन्द सदस्य रहेका छन् ।

राजधानीको राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन आयोजना गरी माओवादीले आफूहरूले अघि सारेका माग पूरा गर्ने भएमात्र वार्तामा बस्ने निर्णय गरेको हो । वार्ताका लागि मंसीर चारका लागि घोषणा गरिउको निर्वाचन स्थगित गर्नुपर्ने, दलहरुबीच भएको ११ बुँदे सहमति खारेज गर्नुपर्ने लगायत माग पूर्वसर्तको रूपमा राखेको छ । राजनीतिक निकाशका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने माओवादीको माग छ ।