deepika-and-salman-khanशाहरूख खानसँग भर्खरै तेस्रो चलचित्रमा अभिनय गरेकी नायीका दीपिका पादुकोणले सलमानसँग रोमान्स गर्ने इच्छा परा गर्न पाउने भएकी छिन् । सलमानको निकै व्यस्तताका कारण दीपिकाले आफ्नो रोमान्स गर्ने इच्छा पुरा गर्न नपाएपनि अब भने उनको इच्छा पुरा हुने भएको हो । उनले सलमानसँग चलचित्रमा रोमान्स गर्नकै लागी रामलीलापछी कुनै पनि चलचित्रमा आफूलाई अनुबन्धित गरेकी थिइनन् ।

सलमानसँग रोमान्सको समय मिलाउनका लागि उनले अन्य चलचित्रलाई समय नदिएको बताइएको छ । दीपिकाले सूरज बडजात्याको चलचित्र ‘बडे भैयाँ’मा सलमानसँग रोमान्स गर्ने भएकी हुन् । यता सलमानले पनि दीपिकासँग चलचित्रमा अभिनय गर्ने चाहना राखेका थिए । यसरी दुवैको चाहना चलचित्र ‘बडे भैयाँ’बाट पुरा हुने भएको छ ।