coupleप्रेम पाउनका लागि युवायुवतीहरू आफूले सक्ने या नसक्ने सबै खालका बादाहरू गर्न पछि पर्दैनन् । तर, समय बित्दै जाँदा ती बादाहरू भुल्दै जाने गर्छन् । यदी तपाईको साथमा पनि यस्तै हुन्छ भने तपाईलाई यसबाट बच्ने एक निकै राम्रो उपाय छ ।

 

– आफ्नो पार्टनरलाई खुसी राख्न मात्र कुनै झूठो कसम नखाएर बरू त्यसलाई निभाउने र पार्टनरलाई खुसी राख्ने कसम खानु राम्रो हुन्छ । आफ्नो पार्टनरसँग जीवनभर साथ रहने कसम खानु नै आफ्नो पार्टनरलाई सधै खुसी राख्ने कसम हुन्छ । सधै साथमा रहने कसम खाँदा आफ्नो पार्टनर पनि खुसी हुन्छन् र आफ्नो जीवनसाथीसँग जीवनभर साथ दिने कसम पनि टुट्न गाह्रो हुन्छ ।

 

– तपाइलाई सधै भनेको ठाऊँमा ढिलो पुग्ने बानी छ भने यो बानी हटाउनुस्, आफ्नो पार्टनरलाइ भेट्नका लागि कहिल्यै पनि ढिलो नजानुस् । तपाईले आफ्नो पार्टनरलाई आफू समयमा भनेको ठाऊँमा पुग्ने कसम खानुस् र सोही अनुसार काम गर्नुस् । यसले तपाईको जीवनसाथिलाई खुसी बनाउँछ ।
हाम्रो दैनिक जीवन निकै व्यस्त हुन्छ । तरपनि सकेसम्म आफ्नो पार्टनरलाई समय दिने कसम खानुस् साथै त्यो कसमलाई सकेसम्म निभाउने प्रयास गर्नुस् । आफ्नो पार्टनरका लागि सकेसम्म धेरै समय निकाल्नुस् र साथमा रहने गर्नुस् ।

 

– प्राय पार्टनरसँग कुरा लुकाउनका लागि या उनीहरूलाई मनाउनका लागि तपाईले झूठो बोल्ने गर्नुभएको हुन सक्छ । यदी यस्तो बानी छ भने यसलाई तुरून्त हटाउनुस् । पार्टनरलाई खुसी राख्नका लागि झुठो प्रशंसा पनि नगर्नुस् । यस्तो बानी छाड्ने कसम खानुस्, र पार्टनरलाई कहिल्यै झुठो बोलेर नझुक्याउनुस् ।

 

– आजकल धोका दिने ट्रेण्ड निकै धेरै छ । यसकारण आजकल पार्टनरहरू एक-अर्काप्रति लोयल हुँदैनन् । तर, सकेसम्म आफ्नो पार्टनरलाई धोका नदिनु्स र एक-अर्काबीच सधै प्रेम, विश्वासका साथ रहने कसम खानुस् । कुनै पनि परिस्थितिमा आफ्नो पार्टनरको साथ नछाड्ने कसम खानुस् । 

 

– आजको समयमा मानिसलाई इमोशनल सपोर्ट गर्नु निकै जरूरी हुन्छ । आफ्नो पार्टनरलाई पनि इमोशनल सपोर्ट दिने कसम खानुस् र पार्टनरलाई कुनै पनि राम्रो या नराम्रो अवस्थामा साथ दिने र साथ रहने कसम खानुस् ।

 

– पार्टनरलाई कहिले काही लाग्न सक्छ की तपाईले पार्टनरलाई वेवास्ता गर्दै हुनुहुन्छ र अन्य कोहीसँग लहसिँदै हुनुहुन्छ । यस्तोमा पार्टनरको झुकाव अन्य व्यक्तिमा जान सक्छ या तपाई अन्य कोहीसँग आकर्षित हुन सक्नुहुन्छ । यदी तपाईको साथमा केहि यस्तै भइरहेको छ भने आफ्नो पार्टनरसँग बचनबद्ध हुनुस् की पार्टनरलाई एक्लै छाड्ने छैन् ।

 

– प्राय तपाई स-साना कुराहरूलाई लिएर झगडा गर्दै उक्त झगडाको बीचमा अन्य व्यक्तिलाई ल्याउनुहुन्छ भने यसले पनि सम्बन्धमा तगारो ल्याउन सक्छ । आफ्नो पार्टनरसँग यस्तो कसम खानुस् की तपाई दुईबीच अन्य व्यक्तिलाइ लिएर कहिल्यै झगडा हुने छैन् । त्यो कुनै परिवारको सदस्य होस्, साथी होस् या अफिसको कोही व्यक्ति होस् । यस्तै अफिसको काम र घटनालाई घरमा नल्याउने कसम पनि आफ्नो पार्टनरसँग गर्नुस् ।

 

– तपाई आफ्नो पार्टनरसँग यस्तो कसम खानुस् की तपाई पार्टनरलाई घरको काममा मद्धत गर्नुहुन्छ । साथमा सपिङ गर्न पनि जानुहुन्छ ।

 

– यस्तै, पार्टनरलाई पार्टनरको फोन कहिल्यै वेवास्ता नगर्ने कसम पनि खानुस् । पार्टनरको प्रश्नको जवाफ तबसम्म दिनुहोस् जबसम्म पार्टनरको शंका या भ्रम टाढा होस् ।