drinking waterआयुर्वेदमा सामान्य भन्दा सामान्य देख्ने वस्तुको औषधीय गुणका बारेमा निकै सुक्ष्म तरिकाले अध्ययन गरिएको छ । पानीको औषधीय गुणका विषयमा ऋषी मुनीहरूले सुक्ष्म क्षमताबारे पनि अध्ययन गरेका छन् । मनतातो पानीमा पनि विभिन्न औषधीय गुण हुने ऋषि मुनीहरूले बताउँदै आएका छन् ।

थाहा पाऔ पानीका केही औषधीय गुणहरू…
– पानी एउटा औषधी नै हो । पानीले धेरै रोगहरूबाट जोगाउन मद्धत गर्छ । बिहानै खाली पेटमा तातो पानी पिउनु शरिरका लागी निकै लाभदायक हुन्छ ।

– उम्लिएर मनतातो भएको पानी पिउनाले कफसँग सम्बन्धीत रोगहरू नष्ट हुन्छ ।

– ग्यास्ट्रिकको समस्याबाट केही राहत मिल्छ ।

– खाना खाएपछी बारम्बार तातो पानी खाएमा मोटोपन कम हुन्छ ।

– तातो पानी पिउनाले भोक लाग्छ ।

– खोकी, दम र अन्य समस्याहरू पनि सञ्चो हुन्छ ।

– अपच, टाउको दुखाईलाई पनि फाइदा गर्छ ।

– पानी उमालेर चार भागमा तीन भाग मात्र रहँदाको पानीले पनि निकै फाइदा गर्ने गर्छ । यस्तो पानी पिउनाले शरिरमा रहेको वायु, पित्त र कफ नाश हुन्छ ।

– उमालेर चिसो बनाएर पानी पिउँदा ग्याट्रिक, क्षयरोग, पेटको रोग, भोक नलाग्ने, जुका जस्ता समस्या समाधान हुन्छ ।

– ज्वरो, शरिरमा जलन, चक्कर आदी समस्यामा भने मनतातो पिउनु हुँदैन ।