पानी पर्याप्त मात्रमा खानु स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ। वास्तवमा पर्याप्त पानी बिना शरिरले राम्ररी कार्य पनि गर्न सक्दैन्। तर सवै अवस्थामा भने पानी पनि उपयुक्त हुँदैन्। तपाईलाई थाहा नहुन पनि सक्छ, खानासंगै पानी खाँदा यसले विपरित असर गर्दछ।

आर्युवेदले  खानासंगै पानी खानुलाई राम्रो मानेको छैन् बरु यसले शरिरिलाई गम्भिर असर गर्ने बताएको छ। खानै परे एक दुइ घुड्को पानी खान सकिन्छ तर धेरै पिउँदा भने शरिरलाई नराम्ररी प्रताडित गर्ने आर्युवेदमा उल्लेख छ।drinking water with meal

खानासंग पानी खाँदा मुखको ‘स्यालिभा’ देखि पेटमा चाहिने पाचन रसायन ‘डाइलुट’ हुने हुँदा अनेका समस्या देखिन्छन्।

खानासंगै पानी खाँदा के के हुन्छ ?

१. तौल बढ्छ

खानसंग पानी खाँदा शरिरको मेटाबोलिज्म कमजोर हुन्छ। परिणामत: शरिरले पर्याप्त क्यालोरी खर्च गर्न सक्दैन् र तौल बढ्न शुरु हुन्छ।

 

२.एसिडिटी

खाना खाने क्रममा पानी खाँदा पेटले मात्रमा पानी सोसेको हुन्छ जसका कारणले इन्जाइमहरु निकाल्न सक्दैन् । त्यसैले खाने खाने क्रममा पानी खाँदा पेटमा एसिडिटी बढ्छ। एसिडिटीले कयौं अन्य रोगहरु समेत निम्त्याउँछ।

 

३.पाचन

खानासंगै पानी खाँदा पाचनप्रणाली कमजोर हुँद जान्छ किन भने पानीले खाना पचाउन उत्पन्न हुने पाचन रसायनलाई कमजोर पार्दछ। यसले कब्जियत जस्ता समस्या ल्याउँछ।

 

४.युरिक एसिड

खानासंगै पानीले ल्याउने अर्को असर युरिक एसिड हो। युरिक एसिडले किड्नी र हार्टका समस्या ल्याउन सक्छ।

 

५.डायबेटिज

खानासंग पानीलाई डायबिटिजसंग पनि जोडिएको छ। तौल बढ्दै जाँदा यसले डायबिटिजलई निम्त्याउने बताइन्छ।

 

६. पोषणको कमि

खानासंग पानी खाँदा शरिरले पोषणतत्व राम्ररी लाई एबजर्ब गर्न सक्दैन् ।यसले शरिरमा चाहिने पोषण तत्वको सन्तुलन बिग्रन्छ।

 

त्यसो भए कतिखेर खाने पानी ?

खाना खानु तत्कालै अगाडी, खाना खाँदै गर्दा वा खाना खाने बितिकै पानी खानबाट बच्नु पर्छ। खाना खानु भन्दा कम्तिमा ३० मिनेट अघि र पछाडी पानी खानु उपयुक्त मानिन्छ।

 

यस साथै धेरै नुन भएको खाना खानु हुँदैन् । यसले खाना खाने क्रममा पानी खाने चाहलाई घटाउँछ। राम्ररी चपाएर खानु अनिवार्य जस्तै हो। चपाउने क्रममा पेटमा पनि पाचन रसहरु पर्याप्तमात्रमा उत्पन्न भइसकेको हुन्छ ।