६ साउन, काठमाडौ । न्युजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । न्युजिल्याण्डको वेलिङ्टनमा गएको उक्त भुकम्प ६.९ रेक्टर स्केलको रहेको भुगर्भ विद्हरूले जनाएका छन् ।

निकै शक्तिशाली भुकम्प गएपनि सुनामीको आशंका भने गरिएको छैन् । सुनामी नजाने बताउँदै सुनामी आउनसक्ने बारेको कुनै सूचना जारी गरिएको छैन् ।

आज बिहान गएको उक्त भुकम्पको गहिराई १४ किलोमिटर रहेको युएस जिओलोगिकल सर्भेले जनाएको छ । उक्त भूकम्पबाट के-कति क्षति भयो भन्ने बारे कुनै जानकारी प्राप्त भएको छैन् ।