२१ फागुन, एजेन्सी । चीनमा शक्तिशाली भूकम्प भएको छ । भूकम्प ५.५ रेक्टर स्केलको रहेको अमेरिकन जियोलोजिकलले जनाएको छ ।
सो भूकम्पमा परी ३० जना घाइते भएको संचारमाध्यमले जनाएको छ । युन्नान प्रोविन्सियल सिविल अफयर्स डिपार्टमेंटका अनुसार भूकम्पबाट करिब ५५,००० मानिसहरू प्रभाबित भएको छ भने ३२०० घरमा क्षति पुगेको छ ।
भूकम्प हुँदा पनि ३४ पटक झडका महसुस गरिएको बताइएको छ । थप बिबरण आउन बाँकी…