आजकल कपाल झर्ने समस्याबाट धैरै मानिस पिडित छन् । लामो, बलियो र चम्किलो कपाल पाल्ने चाहना सवैको हुन्छ । कपाल झर्ने समस्याले हैरान हुनेहरुलाई कपाल झर्न रोक्ने प्राकृतिक उपाय यहाँ सुझाइएको छ।

कपाल झर्न रोक्नको लागी हामिले खाने कुराले समेत प्रत्यक्ष प्रभाव पार्दछ। 
कपाल झर्नबाट रोक्न उपयोगी हुने ६ चीन यस प्रकार छन्..

१. सिमिः सिमिमा पर्याप्त मात्रमा फाइबर पाइन्छ । एक कप पाकेको सिमीको गेडामा १३ ग्राम सम्म फाइबर पाइन्छ । सिमिमा प्रोटिन पनि पाइन्छ जसले कपालको विकासमा सहयोग गर्दछ ।

२. बदाम र काजुः बदाम र काजु जस्ता खानेकुरा पनि कपालको लागि निकै महत्वपुर्ण मानिन्छन् । बदाम र काजुमा हुने ओमेगा ३,खनिज, सेलेनियम, जिंक जस्ता पदार्थ पाइन्छ जसले कपालालई स्वस्थ र चम्किलो बनाउँछन् ।

no hair in head

 

 

३. सल्मोन माछाः सल्मोन माछामा पर्याप्त मात्रमा ओमेगा ३, भिटामिन बी १२ पाइन्छ,जसले कपाललाई बलियो बनाउँछ । ओमेगा र भिटामिन १२ को कमिले कपाल रुखो बन्छ ।

४.गाँजरः गाँजरले कपालको प्राकृतिक कन्डिसिनिङ गर्दछ। यसका साथै गाँजरमा भिटामिन ए पनि पर्याप्त मात्रमा पाइन्छ ।

५.हरियो सागसब्जीः हरियो सागसब्जीमा आइरन, भिटामिन्स, क्याल्सियम पाइन्छ, कपालको वृद्धीको लागी यी तत्वहरु निकै उपयोगी हुन्छन् ।

६.अण्डाः अण्डमा प्रोटिन, भिटामिन बि १२, बायटिन जस्ता तत्व पाइन्छ । यसलाई पकाउँदा थोरै तेल वा घ्युका प्रयोग गरे झन उपयोगी हुन्छ ।