२३ बैशाख, एजेन्सी । इजिप्टका प्रधानमन्त्री हेसम क्वान्डी एक आंतककारी आक्रमणबाट जोगिएका छन् । एउटा गाडिमा आएका हतियारधारीको समूहले आइतबार साँझ आक्रमण गरेका थिए ।

बाटो रोकेर बसेका उनीहरुले बाटो हटाउन खोज्दा सुरक्षाकर्मीलाई समेत गोली प्रहार गरेका थिए । गोली प्रहार गरी भाग्ने क्रममा उनीहरुले १ प्रहरी र १ नागरिकलाई समेत ठक्कर दिएका थिए । तर, उनीहरुको अवस्था सामान्य नै रहेको छ । प्रहरीले उक्त गाडि तथा पाँच जना आक्रमणकारीलाई पक्राउ गरेको छ ।

यो घटना केही सैनिकहरू अन्य एक ठाऊँमा विद्रोहीहरूसँग लड्न जाने तयारी गरिरहेका बेला भएको बताइएको छ ।