imran khan and nawaj sharif२८ वैशाख,एजेन्सी। पाकिस्तानमा शनिवार हिंसा र विरोधका बिच चुनाव हुँदैछ। आज राष्ट्रिय संसद र प्रान्तिय संसदका लागी मतदान हुँदैछ।
पाकिस्तान पहिलो पटक लोकतान्त्रिक तरिकबाट चुनिएको सरकारले ५ वर्ष पुरा गरेपछिको यो पहिलो चुनाव हो।

विभिन्न आतंकवादी संगठनहरुले मतदान केन्द्रमा आक्रमण गर्ने धम्की दिएका छन् । देशका करिब ७३ हजार मतदान केन्द्रमध्य २० मतदान केन्द्रमा आक्रमण हुन सक्ने आशंका गरिएको छ।
चुनावको लागी ६ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ।

मतदान विहान ८ बजे देखि साँझ ५ बजे सम्म हुने कार्यक्रम छ। यसपटक  पाकिस्तानी पुपुल्स पार्टीलाई ठुलो धक्का लाग्ने अनुमान गरिएको छ। चुनावमा नवाफ शरिफको पिएमएल‍–एन र क्रिकेटर बाट राजनितिज्ञ बनेका इमरान खानको तहरीक-ए-इन्साफबिच कडा टक्कर ह हुने अनुमान रहेको छ।

पाकिस्तानको राष्ट्रिय संसदमा ३४२ वटा सिट छन् तर चुनाव २७२ सिटका लागि मात्रै हुनेछ। ७० सिट मध्य ६० महिलालाई र १० गैर मुस्लिमका लागि आरक्षित गरिएको छ ।

राष्ट्रिय संसदका लागि ४,६७१ उम्मेदवार मैदानमा छन् भने प्रान्सिय संसदका लागि ११ हजार ६९२ उम्मेदवार प्रतिष्पर्धा गर्दैछन्।
यो चुनावमा आठ करोड ६१ लाख ८९ हजार ७ सय २८ मतदाताले आफ्नो फैसला लिदैछन्।

पाकिस्तानको यो चुनावमा जुनसुकै पार्टीले जिते पानि नेपाललाई भने खासै असर पर्ने अवस्था छैन्।