krrish 3गत नोभेम्बर १ मा रिलिज भएको चलचित्र कृष-३ ले बलिउड बक्स अफिसमा निकै तहल्का मच्चाई रहेको छ । चलचित्र प्रदर्शन आउनु अघि गरिएको आकलन अनुसार नै चलचित्रले बक्स अफिसमा रेकर्ड कायम गर्न थालेको छ । चेन्नई एक्सप्रेसले गरेको कमाईको रेकर्ड तोड्ने चलचित्र प्रदर्शन गर्नु अघि गरिएको अनुमान सही भएको छ ।

करिब ४ हजार हलहरूमा लागेको चलचित्र कृष ३ ले चेन्नई एक्सप्रेसले ६ दिनमा गरेको कमाईको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ । पहिलो तीन दिनमा कृष ३ ले राम्रो व्यापार नगरेपनि पछिल्लो ३ दिनमा उत्कृष्ट व्यापार गर्दै चेन्नई एक्सप्रेसलाई पछाडि छाडेको छ । कृष ३ ले ६ दिनमा नै १ सय ५२ करोड भारतीय रूपैयाँ कमाएर भारतीय बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको हो । चेन्नईले ७ मा मात्र १ सय ५० करोडको व्यापार गरेको थियो ।

अन्य अवस्थामा सोमबार चलचित्रको व्यापार ५० प्रतिशतले कम हुने गरेकोमा कृष ३ ले यसको रेकर्ड समेत तोडेको छ । दिपावली भएका कारण उक्त दिनमा कृष ३ ले निकै राम्रो व्यापार गरेको हो । यस्तै, चौथो दिन कृष ३ ले गरेको कमाई अहिलेसम्म अन्य चलचित्रले एक दिनमा गरेको कमाईभन्दा धेरै रहेको छ ।

यसरी रेकर्ड थप्दै गएपछी कृष ३ ले अन्य धेरै रेकर्ड तोड्ने अनुमान गरिएको छ ।

यसरी रेकर्ड राख्दै गरेको चलचित्र कृष ३ को भिडियो समेत युट्युबमा पोष्ट गरिएको छ । उक्त भिडियो साखिल खान नामका एक व्यक्तिले युट्युबमा पोष्ट गरेका हुन् । बलिउडमा तहल्का मच्चाइरहेको उक्त चलचित्रको भिडियो भने गत नोभेम्बर २ मा नै युट्युबमा अपलोड गरिएको हो । यसरी चलचित्र प्रदर्शन भएकै भोलिपल्ट चलचित्र युट्युबमा अपलोड हुनुलाई भने आश्चर्यका रुपमा हेरिएको छ । 

सामान्यतया यसरी कुनै पनि चलचित्र रिलिज भएको भोलिपल्ट युट्युबमा पोष्ट गरिदैन । त्यसमाथी पनि कुनै एक व्यक्तिले पोष्ट गर्नु र त्यसलाई नहटाउनुलाई पनि आश्चर्यजनक नै मानिएको छ । 

हेरौ चलचित्रको उक्त भिडियो…

{source}
<iframe width=”480″ height=”360″ src=”//www.youtube.com/embed/buUq111yyIw” frameborder=”0″ allowfullscreen></iframe>
{/source}