child-play-footballहामीले खेल्ने गरेका खेलहरुले पनि हाम्रो स्वास्थ्यलाई फिट र तन्दुरूस्त राख्न मद्धत गर्छ । हामीले खेल खेल्दा हाम्रो शरिरका माशंपेशीहरू बलियो हुने र शरिरलाई मजबुत बनाउन सहयोग गर्नुका साथै स्वस्थ रहन समेत मद्धत गर्छ ।

 

शारीरिक व्यायाम मात्र गर्नुभन्दा खेल खेल्नु शरिरका लागि राम्रो मानिन्छ । व्यायामका क्रममा शरिरका सबै भागलाई एकसाथ सञ्चालन गर्न नसकिने पनि हुन सक्छ तर, खेल खेल्दा भने शरिरका सम्पूर्ण भागलाई सक्रिय बनाउनुपर्ने हुनाले पनि व्यायाम भन्दा पनि खेललाई शरिर स्वस्थ र तन्दुरूस्त राख्ने सहज माध्यमको रुपमा लिन सकिन्छ । तर, सबै खेलबाट भने शरिरका सबै भागलाई सक्रिय बनाउन भने सक्दैन । शरिरका सबै भागलाई सक्रिय बनाउँदै शरिरको मांशपेशीलाई बलियो बनाउने र स्वस्थ बनाउनका लागि केही खेलहरू निकै फाइदाकर हुन्छन् ।

 

१. गल्फः विषेशगरी बालबालिकाका लागि गल्फ निकै राम्रो खेल हुन सक्छ । गल्फ खेल्दा बालबालिकाले गल्फ प्रहार गर्दा गर्नुपर्ने स्विङ, टाढासम्म हेर्ने प्रयास गर्दा र खेललाई सहज र सही तरिकाले सम्पन्न गर्ने सोच ल्याउँदा यसले शरिरलाई फाइदा पुर्याउँछ । स्विङले शरिरको प्राय सबै भागलाई सक्रिय बनाउँछ भने टाढाको दृश्य हेर्नु पर्ने भएकाले र टाढाको लक्ष्य तय गर्नुपर्ने भएकाले फोकसलाई पनि निकै फाइदा पुर्याउँछ ।

 

२. क्रिकेटः क्रिकेटले स्टामिना बृद्धी गर्न मद्धत गर्नुका साथै सहकार्य, सञ्चार र फोकस हुन समेत मद्धत गर्छ ।

 

३. फुटबलः फुटबलले मानसिक तथा शारीरिक रूपमा सबल बनाउन मद्धत गर्छ । फुटबल खेल्दा समस्या समाधान गर्ने क्षमतामा बृद्धी हुनुका साथै, योजना बनाउने, त्यसलाई सञ्चालन गर्ने तथा सिक्ने क्षमतामा बृद्धी गर्छ ।

 

४. ह्याण्डबलः ह्याण्डबल जहाँ पनि खेल्न सकिने खेल हो । यसले बालबालिकामा समन्वय, सामाजिक भावनाको निर्माण गर्न मद्धत पुर्याउँछ ।

 

५. भलिबलः भलिबलले मानिसको मष्तिष्कलाई ताजा राख्ने, मोटिभेसन र एकाग्रतालाई निकै सहयोगी हुन्छ ।