milkअमेरिकीका स्वास्थ्य विषेशज्ञहरूले काँचो दुधमा विषयको मात्रा बढ्दै गएको दावी गरेका छन् । दुधमा हुने ब्याक्टेरियाका कारण विषको मात्रा बढ्दै गएको उनीहरुको दावी छ ।
पछिल्लो पाँच वर्षमा दुधमा ब्याटेरियाको मात्रा १४ प्रतिशतले बढेको स्वास्थ्य विज्ञहरूले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त प्रतिवेदन गत बिहिबार सार्वजनिक गरिएको थियो ।
दी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन रिपोर्टका अनुसार अमेरिकाका करिब १५ प्रतिशत मानिसले उक्त विषयुक्त दुध प्रयोग गर्ने जनाएको छ । अमेरिकाका १० राज्यमा यस्तो विषयुक्त दुधको मात्रा बढी भएको अध्ययनकर्ताहरूको भनाइ छ ।
उनीहरुका अनुसार अन्य खाद्य पदार्थमा यसरी विष मिसिएको छैन् ।