Eating-burgerहामीले खाने कतिपय खानाहरू हाम्रो स्वास्थ्यका लागी फाइदाकर हुँदैनन् । हामीमध्ये धेरैलाई यस्ता खानाबारे जानकारी पनि हुदैन की हामीले खाना कति स्वस्थकर छ हाम्रो लागी । खानाहरूको बारेमा राम्रो ज्ञान नहुँदा हाम्रो शरिरमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखिने गर्छ ।

 

शरिरलाई फाइदा नगर्ने खानाहरु सकेसम्म प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ । हामीलाई मन पर्ने खानाहरू कतिपले हाम्रै शरिरलाई अन्य मानिसको शरिरलाइ भन्दा बढी असर गरिरहेको हुन्छ, ती खानालाई तत्काल खान छोड्न उपयुक्त हुन्छ । यस्ता केही खानाहरू छन् जसलाई तत्काल खान छोड्दा तपाईलाई फाइदा गर्छ ।

 

१. सोडा: सोडा सायद तपाई हामीले प्रयोग गर्ने नियमित पेय पदार्थ हुन सक्छ तर यसलाई सकेसम्म प्रयोग नगर्नु स्वास्थ्यका लागी फाइदाकर हुन्छ । सोडामा हुने क्यालोरीले तपाईको शरिरमा सुगरको मात्रा बढाउने गर्छ साथै तपाईलाई उच्च रक्त चापको समस्याले समेत दु:ख दिन सक्छ ।

 

२. मैदाको प्रयोग: हामीले प्रयोग गर्ने मैदाले पनि हाम्रो स्वास्थ्यमा प्रतिकुल असर गर्छ । रोटी पकाउनका लागी विषेश रूपमा प्रयोग गरिने मैदामा हुने पदार्थले शरिरमा फाइदा नगर्ने एक अनुसन्धानले देखाएको छ तर अन्य सामान्य पिठोमा भने यस्ता पदार्थ नहुने हुँदा अन्य सामान्य पिठो भने प्रयोग गर्न सकिने र यसले शरिरमा कुनै बेफाइदा नगर्ने बताइएको छ ।

 

३. दुग्ध पदार्थ: दुग्ध पदार्थले हाम्रो शरिरलाई फाइदा नै पुग्छ तर पुरै फ्याट सहित रहेको दुग्ध पदार्थको प्रयोग भने नगर्दा राम्रो हुन्छ । फ्याट र कोलस्टोरेलको मात्रा बढी भएको दुग्ध पदार्थले शरिरलाई अस्वस्थ बनाउन सहयोग गर्छ । यसले शरिरमा चिल्लो पदार्थको मात्रा बढाउँछ जसले हाम्रो स्वास्थ्यमा प्रतिकुल असर गर्छ ।

 

४. फास्ट पुड: चाउचाउ, कुकिज, ब्रेड लगायतका फास्ट फुडले पनि शरिरमा बेफाइदा गर्ने गर्छ । हामीलाई दिनभरमा चाहिने क्यालोरी यी खाद्य पदार्थको एक पटकको प्रयोगले नै पाउन सकिन्छ ।
जसले गर्दा हाम्रो शरिरमा क्यालोरीको मात्रा बढी हुने गर्छ ।

यसैले हामीले खानमा विषेश ध्यान दिनु जरूरी हुन्छ । खाना स्वस्थ रह्यो भने मात्र हाम्रो शरिर पनि स्वस्थ रहन्छ ।