mohammad nasheed arrested1२३ फागुन, एजेन्सी । आफू सत्तामा रहँदा एक न्यायाधीशविरुद्ध पक्राउ पुर्जी जारी गरी माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नसिदलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि अदालतले यसै विषयमा जारी गरेको दुईओटा पक्राउ पुर्जीबाट जोगिन भारतीय उच्च आयोगको शरणमा गएका थिए । तर, त्यहाँबाट निस्केको दुई साता नबित्दै उनलाई पक्राउ गरिएको हो । ‘नसिद समातिनुभएको छ ।
उनी प्रहरीको हिरासतमा रहनुहुनेछ र आज ४ बजे अदालतमा हाजिर गराइनेछ,’ सत्तासीन राष्ट्रपति मोहमद वाहिदका प्रेस सचिव मसुद इमादले भने । प्रमुख अपराध न्यायाधीश अब्दुल्ला मोहमदलाई गिरफ्तार गरेको घटनासँग सम्बन्धित बुधबार हुने सुनुवाइमा उपस्थित गराउन हुल्हुमाले मेजिस्ट्रेट कोर्टले आदेश दिएपछि उनलाई समातिएको पनि उनले बताए । यहाँका सञ्चारमाध्यमले पूर्वराष्ट्रपतिलाई उनकै आवासबाट समातेर धुनिधुमा राखिएको जनाए ।
यसलगत्तै उनको आवासनजिकै विपक्षी र प्रहरीबीच झडपहरू भएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ । ४५ वर्षीय नसिदले ‘राजनीतिक रूपमा उत्प्रेरित’ सरकारी पुर्जीबाट जोगिन ११ दिन भारतीय उच्च आयोगको शरणमा पुगेका थिए । उनले आउँदो ७ सेप्टेम्बरका लागि तय भएको राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन अयोग्य घोषित गर्नका लागि आफूलाई समात्न लागेको बताउँदै आएका थिए ।

{youtube}kha43orv50Y{/youtube}