fruitsमानिसको स्वभाव कस्तो छ भनेर थाहा पाउन निकै कठिन हुन्छ । मानिसको स्वभाव थाहा पाउन ऊसँग लामो संगत चाहिन्छ तर आश्चर्यको कुरा के छ भने यदि कुनै व्यक्तिले मन पराउने खानेकुराको बारेमा जानकारी हाँसिल गर्न सके उनीहरूको बानी व्यहोरा अर्थात् स्वभावबारे केही हदसम्म जान्न सकिने बताइन्छ ।

 

 

हामीले प्राय खाने फलफूलहरूले पनि मानिसको स्वभावबारे थाहा पाउन सकिने बताइन्छ । फलफुलले शरिरलाई फुर्ति तथा शक्ति मात्र दिने नभई फल अनुसार मानिसका स्वभाव हुने गर्छन् । अर्थात् कुनै मानिसलाई मन पर्ने फल कुन हो भन्ने थाहा पाउन सके उसको स्वभावबारे जानकारी हाँसिल गर्न सकिन्छ । थाहा पाऔं कुन फल खाने अर्थात मन पराउने मानिसको स्वभाव कस्तो हुन्छ ।

 

 

१. सुन्तला: सुन्तला मन पराउने मानिसहरू कडा मेहेनत गर्नसक्ने खालका हुन्छन् । काम ढिलो-ढिलो गरी गर्ने गर्छन् तर निकै राम्रोसँग उक्त कामलाई सम्पन्न गर्छन् । केही लजालु स्वभावका हुन्छन् । आफ्नो मनको कुरा प्राय खुलस्त बाहिर ल्याउँदैनन् । यस्तै उनीहरु निकै मिलनसार पनि हुन्छन् । बहस र लडाईबाट टाढा नै रहन रूचाउँछन् । सुन्तला मन पराउने व्यक्तिहरू चाडै साथी बनाउन सक्ने र अर्काको विचारमा चाँडै प्रभावित हुने गर्छन् । सुन्तला मन पराउनेहरुले जीवनमा धेरै पटक ठक्कर समेत खाने गर्छन् ।

 

 

२. केरा: जसरी केरा निकै नरम र कोमल हुन्छ त्यसरी नै केरा मन पराउने मानिसहरू पनि नरम र कोमल स्वभावका हुन्छन् । केरा मन पराउने मानिसहरू बाहिरबाट जति कठोर देखिएपनि भीत्रि मन कमलो हुन्छ । शान्त भएर काम गर्ने यीनीहरुको बानी हुन्छ । जीवनमा आउने ठूला संकटलाई पनि धैर्यपूर्वक सुल्झाउने गर्छन् । यी मानिसहरुले आफू पनि सुखी रहन्छन् र अरूलाई पनि सुखी राख्ने गर्छन् ।

 

 

३. स्याउ: स्याउ खान मन पराउने मानिसहरू बढी स्वस्थ हुन्छन् र समाजमा आफ्नो निकै राम्रो प्रभाव बनाउन सफल हुन्छन् । यीनीहरु निर्णय लिने काम एकदमै चाडो गर्ने गर्छन् । आफ्नो वरिपरी हुने घटनाहरुलाई निकै नजिकबाट नियाल्ने गर्दछन् भने काम गर्ने क्षमता पनि निकै राम्रो हुन्छ । यिनीहरू आफ्नो साथी, प्रेमी या प्रेमीकालाई खुसी राख्ने प्रयास गर्छन् । आफ्नो मनको कुरा मनमा रोक्न सक्दैनन् । यिनीहरुको नेतृत्व गर्ने क्षमता निकै उत्कृष्ट हुन्छ ।

 

 

४. अंगुर: अंगुर खान मन पराउने मानिसहरू प्राय अल्छी हुने गर्छन् । जसरी अंगुर खान कुनै दु:ख हुँदैन त्यस्तै सुख उनीहरु पनि चाहन्छन् । यदी काममा बढी दवाव आयो पनि रिसाउने खालका हुन्छन् । सुन्दरताका अगाडि निकै नै चाडो झुक्ने गर्छन् अंगुर मन पराउने मानिसहरू भने अरूलाई पनि आफूप्रति आकर्षित गर्ने खालका हुन्छन् । यिनीहरु काम गर्न गाह्रो मान्छन् तर सुरू गरेको कामलाई पूरा गरेरै छाड्ने प्रवृती हुन्छ ।

 

 

५. नरिवल: जसलाई नरिवल मन पर्छ, उनीहरू कल्पनाशिल, शतर्क र चलाख हुन्छन् । जिद्दी बढी गर्ने, प्रेममा भावुक हुने खालका मानिसहरू हुन्छन् । आफ्नो मेहेनत र बुद्धीका कारण धेरै सफलता हाँसिल गर्छन् ।

 

६. मेवाः मेवा मन पराउने मानिसहरू प्राय निडर हुन्छन् । उनीहरू निकै मिलनसार र हसिलो हुन्छन्, यसकारण उनीहरू लामो समयसम्म अरूको मनमा रहन सफल हुन्छन् । उनीहरूलाई कामका सिलसिलामा मस्ति र रमाइलो गर्ने कुरा मन पर्देन । सही समयमा सही ठाऊँमा रहन सक्ने गुण हुन्छ ।

 

७. आँपः आँप मन पराउने व्यक्तिहरू प्राय आफ्नो विचारमा अडिग रहन्छन् । उनीहरुको विचार र फैसलामाथि अड्चन ल्याउन निकै कठीन हुन्छ । स्थितिलाई आफ्नो अनुसार ढाल्न सक्ने खुवी पनि यीनीहरुमा हुन्छ । आँप मन पराउने मानिसहरू चुनौतीपूर्ण कामलाई पहिले गर्न रूचाउँछन् ।