gauhar-khanकलर्स टेलिभिजनको चर्चित रियालिटी शो बिगबोसको ७ औं संस्करणमा गौहर खानले जितेकी छन् । आज प्रसारण हुँदै गरेको ग्राण्ड फिनालेमा गौहर खानले बाजी मारेकी हुन् । प्रतिस्पर्धीहरु तनिषा, ऐजाज र संग्रामलाई पछि पार्दै गौहरले विगबोसको ताज पहिरेकी हुन् ।

 

दोश्रो स्थानमा तनिषा, तेश्रोमा ऐजाज र चौथो संग्राम भएका छन् । योसँगै विगबोसको टाइटल महिलाले जितेको यो लगातार चौथो पटक हो । यस अघि स्वेता तिवारी, जुही तथा उर्वशी ढोलकियाले बिगबोसको टाइटल जितेका थिए ।

 

गौहर खान विगबोसको प्रतियोगितामा दिइएका सबैजसो टास्कमा निक्कै राम्रो प्रतियोगी सावित भएकी थिइन् । त्यसैगरी तनिषा उनको मृदुभाषी तथा सरल ब्यवहार र संग्राम सकारात्मक बिचारका कारण चर्चामा थिए । यो प्रतियोगितको ग्राण्ड फिनालेसँगै १०४ दिनसम्म बिगबोसको घरमा बसेका प्रतियोगी फाइनलिष्टहरु घरबाहिर निस्किएका छन् ।

 

बिगबोसको ७ औं संस्करण गत १५ सेप्टेम्बरमा शुरु भएको थियो । यस पटकको बिगबोसको संस्करणमा तनिषा र अरमान कोहली र विजेता गौहर खान र कुशाल टण्डनबीचको प्रेम प्रसंगले निक्कै चर्चा पाएको थियो ।।