सुन्दर देखिने हरेक मानिसको इच्छा हुन्छ । सुन्दर बन्नका लागि मानिसले धेरै थरिका विधी समेत अपनाउने गर्छन् । मानिसले सुन्दर अनुहार र छालाको लागि पनि धेरै तरिका तथा विधी प्रयोग गरेका हुन्छन् ।

 

तर जापानमा प्रयोग गरिने सुन्दर हुने विधी भने गज्जबको छ । जापानमा सुन्दर हुनका लागि अनुहारमा शंखेकिरा हिडाइन्छ । केही शंखेकिरालाई आफ्नो अनुहारमा हिडाइन्छ र सकेसम्म अनुहारको सबै भागमा पुगोस् भनेर ४-५ ओटा शंखेकिरा समेत अनुहारमा राखिन्छ ।

यसरी अनुहारमा शंखेकिरा राख्दा छालामा रहेको मृत कोषहरू हट्छ र छालालाई सुन्दर बनाउँछ ।

 

यस्तो प्रविधी प्रयोग गर्ने एक बेलायती पत्रकारले आफूलाई यो विधी आफूलाई निकै अनौठो र राम्रो लागेको बताएकी छिन् । उनले आफूले त्यो विधी अपनाउँदा फाइएदा देखेको र निकै अचम्मको अनुभव भएको समेत बताइन् । उनका अनुसार शंखेकिरा अनुहारमा निकै चाडो हिडेको र निकै कडा रूपमा चुस्ने गर्छ । यसले मरेका कोषहरू बाहिर निकाल्छ र छालालाई स्वस्थ्य बनाउँछ । आफुले प्रयोग गरेको उक्त शंखेकिरा आफूहरूले खान प्रयोग गर्ने संखेकिरा जस्तै भएको उनको भनाई थियो ।

 

हेरौ उनै पत्रकारको अनुहारको छाला कसरी राम्रो बनाइदियो शंखेकिराले…

girl-tries-out-new-snail-facial girl-tries-out-new-snail-facial girl-tries-out-new-snail-facial