sleeping girlमानिसको बानी व्यवहारले मानिसको स्वास्थ्यलाई असर गर्छ । मानिसले दिनहुँ गर्ने कार्यले मानिसको स्वास्थ्यमा सिधा असर गर्ने गर्छ । मानिसले आफ्ना बानि व्यवहारमा ध्यान दिन नसक्दा तपाईले अनावस्यक तनाव र चिन्ता लिनुपर्ने त हुन्छ नै तपाइको स्वास्थ्यले पनि निकै दुःख दिन्छ ।

 

तपाइले सुत्नुभन्दा अगाडि गर्ने कार्यले समेत तपाईलाई यस्तै दुःख र तनाव दिने गर्छ । त्यसैले सुत्नु अगाडि गर्न नहुने यस्ता काम छन् जुन काम गर्नाले तपाईलाई तनाव तथा स्वास्थ्य समस्याले दुःख दिन सक्छ । केही यस्ता बानी जुन खानापछि तपाई गर्नुहुन्छ ती जानीराखौ र सकेसम्म चाँडै हटाउने प्रयत्न गरौ…

 

– सुत्नु अगाडि खानाः रातको खाना सकेसम्म सुत्नु अगाडि खानु हुँदैन । यसरी खाना खानेबित्तिकै सुत्ने गर्नाले मोटोपनको समस्याले दुःख दिन सक्छ ।


– सुत्नुअघि ल्यापटप वा मोबाइलः सुत्नु भन्दा पहिले तपाई मोबाइल या ल्यापटप चलाइरहनु भएको छ भने पनि यसले तपाईलाई सुत्ने क्रममा समस्या दिन्छ । तपाईलाई यी ग्याजेटबाट निस्किने सिग्नलले मष्तिष्कलाई उठ्ने संकेत बारम्बार दिने हुँदा सुत्न समेत गाह्रो हुने गर्छ ।

 

– चुइगमः युवाहरूमा चुइगम निकै लोकप्रिय छ र यो एउटा बानीको रूपमा पनि बसिसकेको छ धेरै युवाहरूमा । यदी तपाई सुत्ने बेलामा पनि पेपरमिन्ट फ्लेवरको चुइगम खाने गर्नुहुन्छ भने यसको गन्धले तपाईको निन्द्रा बिथोल्न सक्छ ।

 

– किताब पढ्ने बानीः केही मानिसहरू सुत्नुभन्दा अगाडि पढ्ने गर्छन् । कुनै कुनै बेला त पढ्ने क्रममा आफ्नो निन्द्रा समेत हराउने गर्छन् । यो भन्दा सुत्नुभन्दा करिब २० मिनेट अगाडि नै किताब पढ्न छोड्नु भयो भने तपाईको निन्द्रा राम्रो हुन्छ ।

 

– धुम्रपानः यदी तपाई राती चुरोट वा कफी पिउने गर्नु हुन्छ भने त्यसमा रहेको निकोटिन तथा कैफिनले तपाईको निन्द्रा बिथोल्न सक्छ । यसले शरिरमा तनावको स्थिति उत्पन्न गर्छ र निन्द्रा नलाग्न सक्छ ।

 

– चिसो पानीले मुख धुनुः राती सुत्नुभन्दा अगाडि तपाई यदी हात खुट्टा र अनुहार चिसो पानीले धुनुहुन्छ भने यो बानी बदल्नु राम्रो हुन्छ । सुत्नुभन्दा पहिले चिसो पानीले नभई मनतातो पानीले हातमुख धुँदा यसले मांशपेशीको तनाव कम गर्छ र मिठो निन्द्रा लाग्छ ।

 

– अल्कोहलः निन्द्रामा यदी दुई पेग लगाउने बारे सोच्नुहुन्छ भने त्यो बानी हटाउनु राम्रो हुन्छ । अल्कोहलको सेवनले शरिरमा तनाव अधिक हुने गर्छ र निन्द्रामा असर गर्छ ।