हनुमानलाई हामी बह्मचारी भनेर चिन्छौ । हनुमानलाई हामी प्राय प्रत्येक मन्दिरमा एक्लै वा राम सीतासँग देख्ने गर्छौ तर उनलाई उनकी पत्नीसँग भने देख्दैनौ । तर, ब्रह्मचारी भनिएपनि हनुमान भने विवाहित हुन् भन्ने थाहा पाउँदा धेरैलाई अचम्म लाग्ला । hanuman

 

हनुमान विवाहित भएको कुरा पराशर संहितामा समेत उल्लेख रहेको बताइन्छ । पराशर संहिताका अनुसार हनुमानले सूर्य देवकी छोरी सुवर्चलासँग विवाह गरेका हुन् । हनुमानका गुरू सूर्यले शिक्षा दिने क्रममा हनुमानलाई विवाह नगरेसम्म बाँकी शिक्षा नदिने बताएपछी ब्रह्मचारी बस्ने प्रण गरेका हनुमान संकटमा परे ।

 

 

जब आफ्नो संकटबारे आफ्ना गुरू सूर्यलाई भने तर, उनका गुरू सूर्यदेवले आफ्नी छोरीसँग विवाह गर्न आग्रह गरे । सूर्यले आफ्नी छोरीसँग विवाह गर्न आग्रह गर्दै आफ्नी छोरी सुवर्चला तपस्विनी हुन् र उनीसँग विवाह गरेपनि हनुमान ब्रम्हचारी नै रहने र गुरूको इच्छा पनि पूर्ण हुने बताएका थिए ।

 

सुवर्चला तपस्विनी भएकाले विवाह गरेपनि उनी तपस्यामा नै लिन हुने भएकाले विवाह गर्दा पनि हनुमान ब्रम्हचारी नै रहने बताएपछी हनुमानले विवाह गरेका थिए । विवाह पछी हनुमानले शिक्षा पनि प्राप्त गरे र उनी ब्रम्हचारी नै रहे ।