हिन्दु धर्म मान्नेलाइ भगवान हनुमानको धार्मिक अर्थ र महत्व थाहा नहुने कुरै भएन्। हनुमान भगवान रामका परमभक्त तथा भगवान शंकरका एघारौ रुद्र अवतार थिए। उनि बालबह्रमचारी समेत थिए ।

तर धेरैलाई हनुमानको एउटा कुरा थाहा छैन्। धेरै मानिसलाइ थाहा नभएको शास्त्रमा हुनुमानका पुत्रको समेत वर्णन गरिएको छ। हुनुमानको पुत्रको नाम मकरध्वज थियो।

मकरध्वजको दुर्लभ कथा..
धर्मशास्त्रका अनुसार जब हुनुमान सीताको खोजीमा लंका पुगे उनलाई रावण पुत्रले मेघनादले पक्राउ गरेर रावणको दरबारमा लगे। त्यहाँ उनको पुच्छरमा आगो लगाएर छोडियो । आगो लागेको पुच्छरबाट हुनुमानले पुरै लंका जलाइदिए।hanuman

जल्दै गरेको पुच्छरबाट हनुमानलाई निकै पिडा भएको थियो। पिडा शान्त गर्ने हुनुमान समुन्द्रमा पुगे। समुन्द्रमा स्नान गरेर आगोको पिडा शान्त गर्न क्रममा उनको शरिरबाट एक थोपा पसिना झर्यो। उक्त पसिनाको थोपा एउटा माछाले पिइ र गर्भवति बनी। उक्त माछाबाट जन्मिएको हनुमानको छोराको नाम रहन गयो मकरध्वज।

मकरध्वज पनि पिता हनुमान सरह महान परक्रमी र तेजस्वी थिए। उनलाई अहिरावणले पाताल लोकको द्धारपाल बनाएका थिए।

जब अहिरावणले देवीलाइ बलि दिन राम र लक्ष्मणलाई अपहरण गरेर पाताल लगे। हनुमान राम र लक्ष्मणलाइ बचाउन पाताल पुगे । त्यहाँ उनले मकरध्वजलाई भेटे।

त्यहाँ मकरध्वजले आफूलाई पिता हनुमानलाइ चिनाउँदै आफ्नो उत्पतीको कथा सुनाएका थिए। पातालमा हनुमानले अहिरावणको बध गरेर राम र लक्ष्मणलाई बचाए । अहिरावणको बधपछी भगवान रामले हनुमान पुत्र मकरध्वजलाई पातालको अधिपति बनाएका थिए।

यो पनि पढ्नुस्।

महाभारतको सबैभन्दा रोचक ४ लघुकथा

कथै बदलिदिने रामायण र महाभारतका १४ श्राप

यो परीक्षणबाट थाहा हुन्छ पूर्व जन्ममा तपाइँ के हुनुहुन्थ्यो

भगवान रामले हनुमानलाई मृत्यु दण्ड दिएपछि