HariBansha Acharya८ चैत,काठमाडौ। चर्चित अभिनेता हरिवंश आचार्यले आत्मकथा लेखेका छ्न्। उनले आज आफ्नो आत्मकथा ‘चिना हराएको मान्छे’ यही महिनामा आउन लागेको जानकारी गराएका हुन।
पुस्तक प्रकाशक संस्था फाइन प्रिन्टले चैत महिनाभित्रै पुस्तक बजारमा आउने बताएको छ।  ।
आत्मकथामा  बाल्यकालदेखि दोस्रो विवाहसम्मको घटनालाई समेटिएको आचार्यले जनाएका छन्। उनले पहिलो पत्नी मिरासंग भएको वियोगको घाउ सञ्चो पार्न यो पुस्तक लेखेको बताएका छन। हाल आचार्यले दोस्रो विवाह गरिसकेका छन् । आचार्य पत्नी मिराको २०६८ साल वैशाख ७ गते निधन भएको थियो ।

किताब छापिनु र बजारमा आउनु अघि नै प्रचार गरेर कलाकारिता बाहेक ‘मार्केटिङ’को पनि राम्रो ज्ञान भएको दर्शाएका  छन् हरिवंशले। त्यसो त पहिलो श्रीमतीको बियोगको कथा दोस्रो श्रीमतीसंग नारिएर लेखिन्छ त भन्नेको जमात पनि ठुलै छ । त्यसैले पो हरिवंश चिना हराएको मानिस भएका पो हुन कि, त्यो  त उनको आत्मकथा बजारमा आएर पढेपछि नै थाहा होला !