man-in-bedगर्मीको महिना नजिकिँदै जाँदा मानिसहरू प्राय आफूलाई सकेसम्म हलुका लुगाले ढाक्न चाहन्छन् । अझ सकेसम्म निकै कम लुगामा आफूलाई राख्न चाहनन्छन् । कतै बाहिर गएर घर या कोठामा फर्किएपछि सकेसम्म आफ्ना शरिरमा भएका कपडा फ्याँकेर केहीबेर भएपछि शरिरलाइ लुगा मुक्त बनाउने चाहना प्राय सबैको हुने गर्छ । यसरी शरिरबाट लुगा फालेर निर्वस्त्र रहनुका पनि धेरै फाइदाहरू छन् । शरिरलाई निर्वस्त्र बनाएर केहीबेर बस्न सके हाम्रो स्वास्थ्यलाई समेत निकै फाइदा गर्ने चिकित्सकहरू बताउँछन् ।

 

केहि यस्ता फाइदाहरूका बारेमा थाहा पाऔ…
१. भिटामिन डि का लागिः शरिरलाई निर्वस्त्र बनाएर केहीबेर घाममा बस्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । निर्वस्त्र भएर घाममा बस्दा शरिरलाई चाहिने भिटामिन डीको मात्र प्राप्त गर्न सकिन्छ । त्यसो त घाममा बसेर भिटामिन डी पाउने सुरमा लामो समयसम्म घाममा भने बस्नु हुँदैन । घाममा करिब १०-१५ मिनेटसम्म बस्नु निकै राम्रो मानिन्छ ।

 

२. स्वस्थ छालाः हाम्रो छालालाई पनि श्वास फेर्नु पर्ने हुन्छ । सधै लुगाले छालालाई ढाकिरहँदा हाम्रो छालाले श्वास फेर्न पाउँदैन । यसक्रममा छालाले खराब वस्तुहरूलाई सोसिरहेको हुन्छ जसले हाम्रो छालालाई अस्वस्थ बनाउँछ । छालालाई नियमित रूपमा केही समय खुला राख्ने गरे छालाले त्यस्ता अस्वस्थ पदार्थलाई समेत फ्याक्न सक्छ र छाला स्वस्थ रहन्छ ।

 

३. रातो दागः निर्वस्त्र भएर बस्दा शरिरमा देखिने राता दागहरू समेत हट्न सक्छन् । लुगाका कारण शरिरमा राम्रोसँग रक्त सञ्चार हुन नसकेको अवस्थामा देखिने राता दागहरू निर्वस्त्र बस्ने गर्दा रञ्तसञ्चार सहजै हुने र ति राता दागहरू हट्ने गर्छ ।

 

४. स्वस्थ मष्तिष्कः हामीमध्ये कतिपयले बिहान उठेर खाली खुट्टाले घाँसमा हिस्ने गरेका छौ । यसले हाम्रो मष्तिष्कलाई स्वस्थ बनाउन मद्धत गर्छ । युवावस्थामा हुन सक्ने अलजाइमरको समस्यालाई समेत यसले कम गर्न मद्धत गर्छ । खाली खुट्टा हिड्दा न्युरोन कनेक्शनलाई बलियो बनाउन मद्धत गर्छ । यसले मष्तिष्कको लचिलोपनलाई थप लचिलो बनाउन मद्धत गर्छ ।

 

५. छालामा हुने संक्रमणबाट सुरक्षाः जब लुगाहरू पसिनाले भिजेका हुन्छन्, उक्त समयमा विभिन्न ब्याक्टेरियाले छालामा टासिने मौका पाउँछन् । यी ब्याक्टेरियाले थप सक्रमण गर्न सक्छन् । यदी पसिना आएको अवस्थामा निर्वस्त्र बस्न सके ती ब्याक्टेरियाले शरिरमा रहेर थप सक्रमण गर्न सक्दैनन् ।

 

६. आनन्दका लागिः निर्वस्त्र बस्नुलाई तनावबाट मुक्ति पाउने एक उपाय मान्ने गरिन्छ । साथै यसले हाम्रो मानसिक समस्यालाई समेत कम गर्ने कार्यमा मद्धत गर्छ । निर्वस्त्र भएर सुत्दा रक्तसञ्चारलाई सहज बनाउँछ र रक्तसञ्चारमा नियमित र सहज हुँदा शरिरलाई न्यानोपन र स्वतन्त्र महशुस गराउँछ ।

 

७. उत्पादन क्षमतामा बृद्धीः शरिरमा लगाइने भित्री वस्त्रले हाम्रो शरिरमा रक्तसञ्चारलाई समेत बाधा पुर्याउँछ । रक्तसञ्चारमा निर्वाध रूपमा हुन नसक्दा शरिरको तल्लो भागका स्नायु प्रणालीलाई असर गर्नुका साथै स्पर्मको उत्पादनमा समेत असर गर्छ ।