fish meatहामी सकेसम्म आफ्नो स्वास्थ्यलाई फाइदा गर्ने खालका परिकारहरू खान रूचाउँछौ । हामीले खाने परिकारले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकुल असर नगरोस् भन्ने हाम्रो चाहना हुन्छ । तपाई हामीले आफुलाई मन पर्ने परिकारलाई सकेसम्म स्वस्थ्य रूपले प्रयोग गर्दै आफूलाई स्वस्थ्य राख्ने र रोगबाट टाढा रहने गरी प्रयोग गर्छौ । तथा हामी यस्तो परिकारको खोजीमा हुन्छौ जसले हाम्रो स्वास्थ्यलाई पनि फाइदा गरोस् र हामीलाई खान पनि मजा आओस् ।

हामीले प्रयोग गर्ने खानामा हामी मध्ये धेरैले माछाको परिकार पनि होस् भन्ने चाहना राख्छौ होला । यदी त्यसो हो भने तपाईले छानेको परिकार मिठोको लागी मात्र नभइ स्वास्थ्यका दृष्टिकोणले पनि धेरै फाइदाकारी छ । यसले तपाईको स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ । माछाको प्रयोगले बिभिन्न रोगलाई समेत फाइदा पुर्याउँछ । सकेसम्म हप्तामा दुई पटक माछाको परिकारको प्रयोग गर्नु स्वास्थ्यका दृष्टिकोणले उत्तम मानिन्छ । थाहा पाऔ कुन कुन रोगका लागि माछाको प्रयोग फाइदाजनक हुन्छ ।

– माछाको प्रयोगले तपाईको शरिरमा भएको चिल्लो पदार्थलाई कम गर्न मद्धत गर्छ । यसले गर्दा मुटुको समस्यामा कमी आउनुका साथै हृदयघातबाट समेत बचाँउछ ।

– माछाको तेलको प्रयोगले पनि मुटुसम्बन्धी समस्याबाट टाढा राख्न मद्दत गर्छ ।

– माछामा पाइने पोलिस्याचुरेटेड फ्याटी एसिडले मानिसको मष्तिष्कको क्षमतालाई स्वस्थ्य राख्न मद्धत गर्छ । माछाको प्रयोगले तनाव, अल्जाइमर लगायत अन्य धेरै रोगको उपचारका लागि पाइदाकारी हुन्छ ।

– माछामा पाइने ओमेगा-३ फ्याटी एसिडले तनावलाई कम गर्न मद्धत गर्छ ।

– मधुमेहका बिरामीलाई पनि यसले निकै फाइदा पुग्छ । यसले शरिरमा सुगरको मात्रालाई नियन्त्रण गर्न मद्धत गर्छ ।