ऋतिक रोशनको नयाँ चलचित्र ‘कृष ३’ले बक्स अफिसमा निकै धेरै रेकर्ड तोडिसकेको छ । ७ दिनमा २ सय ३ भारतीय रूपैयाँ कमाएर बक्स अफिसमा नयाँ तरंग ल्याउन सफल भएको चलचित्र दर्शक तथा समिक्षकहरूले पनि निकै मन पराएका छन् ।

तर, यो चलचित्रमा राखिएका केही दृश्यहरू भने हलिउड चलचित्रबाट कपी गरिएको पाइएको छ । कृष ३ मा देखाइएका केही दृश्यहरू हलिउडका विभिन्न चलचित्रहरूबाट लिएको फेला पारिएको छ । यस्तै, चलचित्रको पोष्टर र कृषको ड्रेसमा पनि हलिउड चलचित्रको इफेक्टहरू देखिएको छ ।

कृष ३ मा कुन कुन चलचित्रको दृश्य समावेश गरिएको छ थाहा पाऔ…
कायाः चलचित्रमा सेड क्यारेक्टरको रूपमा रहेकी नायीका कंगनाको अभिनय एक्स म्यान नामक चलचित्रमा रहेकी मिस्टिकको अभिनय जस्तै रहेको पाइएको छ । उक्त चलचित्रमा जेनिफर लरेन्सले गरेको अभिनय जस्तै अभिनय कंगनाको रहेको छ ।

heres-where-youve-seen-krrish-3-before

कालः चलचित्रको मुख्य खलनायक विवेक ओवरायले पनि आफ्नो भूमिकालाई न्याय गरेको बताइएको छ । उनको भूमिका पनि एक्स म्यानका प्रोफेसर चार्ल्स जेनियरसँग निकै धेरै मिल्दो जुल्दो छ । यो चलचित्रमा विवेकलाइ अपाङ्गको रूपमा देखाइएको छ, उनको मात्र दुई औलाले मात्र काम गर्छन् । यस्तै एक्स म्यान चलचित्रका प्रोफेसर जेवियर पनि यस्तै देखिएका छन् चलचित्रमा ।

heres-where-youve-seen-krrish-3-before

फ्रॉगमैनः चलचित्र कृष ३ मा एक म्युटेन्टलाई देखाइएको छ । उसको निकै लामो जिब्रो रहेको छ । उसलाइ चलचित्रमा फ्रागम्यानको नाम दिइएको छ, जसलाई काल अर्थात् विवेकले बनाएका थिए । यस्तै भूमिका रहेको म्युटेन्ट जसको नाम टोड थियो, ऊसँग पनि फ्रागम्यानको जस्तै लामो जिब्रो थियो र उसले पनि फ्रागम्यानको जस्तै भुमिका निभाएको थियो ।

heres-where-youve-seen-krrish-3-before

चलचित्रमा वैज्ञानिक रोहित मेहरालाई भारतको स्टेफिन्स हकिन्सको रूपमा प्रस्तुत गरिएको छ । उनले सूर्यको प्रकाशको माध्यमबाट कुनै मरेको चीजलाई जिउँदो बनाउन सक्छन् । उनको साथमा एक यस्तो सामग्री हुन्छ, जसले प्रकाशलाई नियन्त्रण गर्न सक्छ । तर, यस्तै खाले भूमिका स्पाइडर म्यान २ मा डाक्टर ओटो आक्टोवियसको जस्तै रहेको पाइएको छ । उनलेपनि सूर्यको प्रकाशलाई एकत्रित गरेर एक फ्युजन पावर निर्माण गर्न चाहन्थे र आफ्नो प्रयासमा लगभग सफल पनि भइसकेका थिए । जहाँ रोहित मेहराको साथमा प्रकाशलाई नियन्त्रण गर्ने पेन थियो भने ओक्टोवियससँग रोबोटिक यन्त्र थियो ।

heres-where-youve-seen-krrish-3-before

हलिउडको निकै उत्कृष्ट चलचित्र ब्लकबस्टर चलचित्र ‘दि म्याट्रिक्स ट्राइलजी’ । यो चलचित्रमा नायक नियो कालो चश्मा लगाउँछन् र उनको लुगा पनि कालो नै हुन्छ । उनको सिरिज शक्तिसँग कोही पनि बच्न सक्दैनथ्यो । यस्तै, चलचित्र कृष ३ मा लगाइएको लुगा पनि यस्तै खाले छ भने चलचित्रमा चश्माको सट्टा नायक ऋतिकले कालो मास्क लगाएका छन् ।

heres-where-youve-seen-krrish-3-before

यस्तै, कृष ३ मा रहेको एक दृश्य जुन दृश्यमा नायक ऋतिक रोशनले विवेकले भत्काएको घरलाई रोकेर मानिसलाई मर्नबाट जोगाएका थिए । ठिक यस्तै खाले दृश्य ‘सुपरम्यानः म्यान अफ स्टिल’मा पनि रहेको छ ।

heres-where-youve-seen-krrish-3-before