२४ असार, काठमाडौ । उच्चस्तरिय राजनीतिक संयन्त्र र नेकमा माओवादी नेतृत्वको उच्चस्तयिर राजनीतिक संयन्त्रबीच आगामी बिहिबार पहिलो चरणको वार्ता हुने भएको छ ।
संयन्त्रका संयोजक विजयकुमार गच्छेदार र माओवादी अध्यक्ष मोहन बैद्यबीच सोमबार साझ भएको भेटमा आगामी बिहिबार बार्ता गर्ने सहमति भएको हो । नेकपा माओवादीले बैद्यको संयोजकत्वमा वार्ताटोली गठन गरे लगत्तै गच्छेदारले बैद्य भेटेका हुन् ।
एमाओवादी अध्यक्ष प्रचण्ड स्वदेश फर्केपछि बिहिबार बार्ता हुने भएको हो । वार्ताटोली सदस्य एवं माओवादी सचिव देब गुरुङले बिहिबार बार्ता हुने जानकारी दिए । बार्तामा माओवादीले दलहरुबीच भएको ११ बुदे सहमति खारेज, वर्तमान सरकारको विस्थापन र गोलमेच सम्मेलनको प्रस्ताव राख्ने भएको छ ।