headacheटाउको दुखाई सबै मानिसको साझा समस्या हो । यसका विभिन्न कारण हुने गर्छन्, जस्तै आँखाको समस्या, अपच, कब्जियत, लू, अनियमित मासिक धर्म, ज्वरो, चिन्ता, मानसिक तनाव, अनिन्द्रा ।

 

यस्तो अवस्थामा धेरै पेनकिलरको प्रयोग गर्दा त्यसले झन् रियाक्सन गर्न सक्छ । यसैले टाउको दुखाईबाट पिडित मानिसहरूले सकेसम्म आयुर्वेदिक उपचार खोज्नु राम्रो हुन्छ । घरमा नै पाइने सामान्य वस्तुहरूको प्रयोग गरेर टाउकोलाई आराम दिन सकिन्छ ।

 

थाहा पाऔ ती उपाय…
– ल्वाङमा थोरै नुन मिसाएर पिस्ने र चूर्ण बनाउने । उक्त चूर्णलाई एउटा बोतलमा भरेर राख्ने, जब टाउको दुख्छ तब उक्त चूर्णमा काँचो दुध मिसाएर पेस्ट बनाएर टाउकोमा दल्ने । यसले टाउकोको दुखाईलाई निकै कम गर्छ ।

 

– एक गिलास तातो पानीमा आधा कागतीको रस मिसाएर पिउनाले ग्याँसका कारण भएको टाउको दुखाई कम हुन्छ ।

 

– युकेलिप्टसको तेल टाउकोमा लगाएर मसाज गरे टाउको दुखाई कम हुन्छ ।

 

– यदी तपाई बारम्बार हुने टाउको दुखाईबाट निकै चिन्तित हुनुहुन्छ भने दैनिक रूपमा एक गिलास गाईको दुध पिउने गर्नुस् यसले केही राहत दिन्छ ।

 

– दालचिनीलाई पिसेर पाउडर बनाउने । जब टाउको दुख्छ, तब दालचिनीको उक्त पाउडर मिसाएर पेष्ट बनाउने र उक्त पेष्ट टाउकोमा लगाउने । यसले टाउको दुखाईलाई कम गर्छ ।

 

– गर्मीका कारण हुने टाउको दुखाईको उपचारका लागि चन्दनको पेष्ट बनाएर लगाउने गर्नुले पनि फाइदा गर्छ ।

 

– नरिवलको तेल टाउकोमा लगाएर १०-१५ मिनेट मसाज गर्नाले पनि टाउको दुखाई कम हुन्छ ।

 

– लसुनको रस बनाएर पिउनाले पनि टाउको दुखाई कम हुन्छ । यसले टाउकोलाई शान्त राख्न मद्धत गर्छ ।

 

– बारम्बार टाउको दुख्ने समस्या छ भने स्याउमा नुन लगाएर खाने र यसपछि तातो पानी या दुध पिउने ।

 

– बदामको तेलले मसाज गर्नाले पनि टाउकोको दुखाईमा आराम मिल्छ ।