coughingनाक-मुखमा धुलो, धुँवा पस्नाले, इन्द्रियका सामान्य क्रियाहरूको वेग रोकिनाले र यस्तै अन्य कारणहरूले प्राणवायु दुषित भएर उदान वायुसँग मिसीई कफ, पित्तयुक्त मुखबाट निस्कने ख्वाँ-ख्वाँको शब्द नै खोकी हो । खोकीका कारण मानिसले धेरै समयसम्म समेत दु:ख पाउँछन् । कुनै कुनै खोकी त करिब १ महिना भन्दा बढी सम्म समेत लाग्ने हुन्छ । खोकी लागेमा घरेलु उपचारले पनि खोकी निदान गर्न सकिन्छ । खोकी निदान गर्ने केही घरेलु उपायहरू यस्ता छन्:
 
१. दश ग्राम अदुवाको रस महसँग मिसाएर चाटे लाभ हुन्छ । यस्तै, मिश्रीमा अमलाको धुलो मिलाएर चाटे पनि लाभ गर्छ । 
 
२. आँकको ४-५ वटा पात पोलेर त्यसको खरानी रातभरी पानीमा राखेर बिहान लुगाले छानी पिएमा पनि खोकी निको हुन्छ । 
 
३. तिलको तेलमा कपुर मिसाएर छातीमा बिस्तारै दलिदिने गरेमा साना बच्चाहरूको खोकीमा लाभ गर्छ । 
 
४. मह र भुटेको असलीको ६ ग्राम चुर्ण खाए पनि लाभ गर्छ । असलीको पात पकाएर काढाँ पिएमा पनि खोकी निको हुन्छ । 
 
५. अतिसको चूर्ण र मह मिलाएर चाटे पनि लाभ हुन्छ । 
 
६. महसित चम्पाको बोक्राको ८ ग्राम चूर्ण सेवन गरे कफजनित खोकीबाट छुटकारा पाउन सकिन्छ । 
 
७. दुई ग्राम खयरसित बेसार र मिश्री मिसाई सेवन गरे पनि खोकी निको हुन्छ । 
 
८. जलकुम्भीको चुर्ण र मिश्री पाँच-सात ग्राम खाएर त्यसमाथी दुई घुट्को गुलाब जल पिउनाले खोकीमा फाइदा गर्छ । 
 
९. सुठोको धुलो, तुलसीपातको रस र मह बराबर लिई प्याजको रस मिसाएर सेवन गरे पुरानो खोकी पनि सञ्चो हुन्छ । 
 
१०. चिराइतोको काढाँ पिउनाले वा शतावरी, मिश्री र छोहोडाको पानीमा पकाएर पिउनाले पुरानो खोकी निको हुन्छ ।