coughखोकीले बेला-बेलामा मानिसले निकै सताउने गर्छ । नाक-मुखमा धुलो, धुँवा पस्नाले, इन्द्रियका सामान्य क्रियाहरूको वेग रोकिँदा तथा अन्य कारणहरूले प्राणवायु दुषित हुँदा मुखबाट निस्किने ख्वाँ-ख्वाँको शब्द नै खोकी हो ।

 

आजकल मौसम परिवर्तनको समय पनि भएकाले यसले मानिसले अझ धेरै दुःख दिने गरेको छ । खोकीले मानिसले निकै लामो समयसम्म दुःख समेत दिने गर्छ । खोकी पनि फरक-फरक प्रकृतिका हुने गर्छन् । कुनै-कुनै बेला खोकीले १-२ महिनासम्म पनि लगातार दुःख दिने गर्छ । खोकीको उपचार घरेलु औषधीबाट समेत गर्न सकिन्छ । खोकीको उपचारका लागि गरिने केही घरेलु उपयाहरू यस्ता छन्…

१. दश ग्राम अदुवाको रस महसँग मिसाएर चाटे लाभ हुन्छ । यस्तै, मिश्रीमा अमलाको धुलो मिलाएर चाटे पनि लाभ गर्छ ।

२. महसित चम्पाको बोक्राको ८ ग्राम चूर्ण सेवन गरे कफजनित खोकीबाट छुटकारा पाउन सकिन्छ ।

 

३. सुठोको धुलो, तुलसीपातको रस र मह बराबर लिई प्याजको रस मिसाएर सेवन गरे पुरानो खोकी पनि सञ्चो हुन्छ ।

४. मह र भुटेको असलीको ६ ग्राम चुर्ण खाए पनि लाभ गर्छ । असलीको पात पकाएर काढाँ पिएमा पनि खोकी निको हुन्छ ।

५. आँकको ४-५ वटा पात पोलेर त्यसको खरानी रातभरी पानीमा राखेर बिहान लुगाले छानी पिएमा पनि खोकी निको हुन्छ ।

६. अतिसको चूर्ण र मह मिलाएर चाटे पनि लाभ हुन्छ ।

७. दुई ग्राम खयरसित बेसार र मिश्री मिसाई सेवन गरे पनि खोकी निको हुन्छ ।

८. जलकुम्भीको चुर्ण र मिश्री पाँच-सात ग्राम खाएर त्यसमाथी दुई घुट्को गुलाब जल पिउनाले खोकीमा फाइदा गर्छ ।

९. तिलको तेलमा कपुर मिसाएर छातीमा बिस्तारै दलिदिने गरेमा साना बच्चाहरूको खोकीमा लाभ गर्छ ।

१०. चिराइतोको काढाँ पिउनाले वा शतावरी, मिश्री र छोहोडाको पानीमा पकाएर पिउनाले पुरानो खोकी निको हुन्छ ।