honeyमहको प्रयोग विभिन्न रोगका औषधीका लागी समेत गरिन्छ । महलाई निकै गुणी खाद्यवस्तुका रूपमा लिइन्छ । तर मह खाने तरिकाले पनि स्वास्थ्यलाई राम्रो गर्ने या नराम्रो गर्ने भन्ने कुरा फरक पर्छ ।

 

मह खाँदा विचार पुर्याउन नसके स्वास्थ्यलाई फाइदा भने गर्दैन । मह र घ्यू यदी बराबर खाए ज्यान समेत जान सक्ने खतरा हुन्छ । 

 

यस्तै अन्य केही तरिका जुन मह खाँदा विचार गर्नुपर्छ ती यस्ता छन्:
१. मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ र यसले ज्यान समेत लिन सक्छ । 

२. तातो पानी, चिया र दूधमा मह हालेर खाए रोग लाग्न सक्छ । 

३. मूला, कटहर महसित खानू हानिकारक हुन्छ । 

४. माछा, मासू र मकैसित मह खाए ठूलै हानी हुनसक्दछ । 

५. चर्को घाममा हिँडेर पसिना आएको बखत औषधी खाएर तुरून्त मह नखानू । 

६. मह तताएर कहिल्यै नखानू । 

७. कुनै शरिरमा गर्मी बढाउने वस्तुसित मह नखानू, यसले पनि स्वास्थ्य प्रतिकुल असर गर्छ । 

८. शुद्ध मह कागजमा बोकेर लैजान सकिन्छ । 

९. शुद्द मह कुकुरले खाँदैन ।