beautiful skinहरेक मानिस सुन्दर बन्न चाहन्छ । आफ्नो सुन्दरताले अन्य मानिसलाई आफूप्रति आकर्षित गर्ने चाहना हर कोहीमा हुन्छ । आफ्नो शरीरलाई सुन्दर र राम्रो भनिदिओस भन्ने चाहना सबैमा हुन्छ तर यसका लागी आफूमा सुन्दरता कायम राख्नु आवश्यक हुन्छ ।

शरीर तथा अनुहारमा सुन्दरता कायम राख्न सकेमात्र अरूको नजरमा सहजै परिन्छ । शरीरको सुन्दरतामा निखार ल्याउनका लागि र यथास्थितिमा राख्नका लागि बाह्य तत्वको पनि समायानुकूल प्रयोग गर्नुपर्छ तर यसरी बाह्रय सामानको प्रयोग गर्दा पनि विचार भने पुर्याउनु पर्छ । यहाँ केही त्यस्ता टिप्सहरू छन् जुन सौन्दर्यताका लागि प्रयोग गर्न सकिन्छ ।

१. दैनिक हेरचाहले पनि छालालाई सुन्दरता दिन्छ ।
२. अनुहारको छाला अति नै सुख्खा छ र संवेदनशील भएको अवस्थामा साबुनको प्रयोग गर्नुहुदैँन । हातले पटक-पटक अनुहार छोइरहनु हुदैँन ।
३. यदि अनुहारमा चिल्लो र सुख्खा छ भने दिनमा दुइपटक कुनै पनि मेडिकेटेड साबुनले अनुहार धुनु राम्रो हुन्छ । त्यसपछि राम्ररी पानीले अनुहार धोएर स्किन टोनिक लगाउनुपर्छ ।
४. कहिल्यै पनि आँखाको वरिपरि भएको छालामा मसाज गर्नुहुँदैन । त्यसका लागि क्लिन्जिङ जेल लगाएर आँखाको मेकअप गर्नुपर्छ ।
५. यदी तपाईको आँखामा कालो दाग छ भने बदाम (हाडे बदाम) को क्रिम लगाएर १० मिनेटपछि धुने गरे कालो दाग हटन सक्छ ।
६. नुहाउँदा आङमा लामो डन्डा भएको ब्रस प्रयोग गर्नुपर्दछ । कुइनातिर कुनै कडा तौलियामा साबुन लगाएर दल्नुपर्छ ।
७. सकेसम्म नरम सेम्पुको प्रयोग गनुपर्छ । सेम्पु बढी प्रयोग गर्दा भने कुनै असर गर्दैन ।
८. हेना (मेहन्दी) एउटा कन्डिसनर हो, जसले कपाललाई बलियो राख्न मद्दत गर्छ ।
९. तेलले सुख्खा र बिग्रेको, हाँगा आएको केशलाई ठीक राख्न मद्दत गर्छ । डन्डिफोरलाई ठीक गर्न पनि मद्दत गर्छ । कपाललाई बढाउन कस्टर तेलले मद्दत गर्छ ।
१०. यदि कपाल बढी भिजेको छ भने कपालमा ब्रस गर्नु हुँदैन । त्यसको बदलामा ठूलो दाँती भएको काइँयोले कोर्नुपर्छ । सकेसम्म हेयर ड्रायर कम प्रयोग गर्नुपर्छ । हेयर ड्रायरको बढी प्रयोगले कपाल बिग्रिन सक्छ ।