slim-girlवर्तमान समयमा आफ्नो तौल बढ्नु हरेक उमेरका मानिसको लागि समस्या बन्ने गरेको छ । बढिरहेको तौल रोक्नका लागि जोकोहीलाई आफ्नो दैनिक जीवन परिवर्तन गर्न मुस्किल हुन्छ । तर, केही घरेलु तरिकाहरू अपनाएर पनि तपाईले आफ्नो तौललाई ठिक ठाऊँमा राख्न सक्नुहुन्छ । यस्ता केही घरेलु तरिकाहरू यस्ता छन्…

– स्याऊ स्वास्थ्यका लागि लाभदायक फल मानिन्छ । यसले स्वास्थ्यलाई निकै फाइदा पुर्याउने कुरा हामीले बारम्बार पढ्दै र सुन्दै आएका छौ । यही स्याऊ तपाईको तौल घटाउनका लागि पनि सहयोगी हुन्छ । स्याऊमा पर्याप्त मात्रामा फाइबर तथा आइरन हुन्छ । यसले पाचन प्रणालीलाई सहयोग पुर्याउँछ भने मोटोपनलाई समेत घटाउन मद्धत गर्छ । 

– लौका पनि तौल घटाउनका लागि निकै सहयोगी हुन सक्छ । यसको जुस पिउनाले निकै बेरसम्म भोक नलाग्ने हुन्छ भने पेटमा खानाको कमीलाई टाढा भगाउँछ । जसले गर्दा तपाईको शरिरको तौल घटाउन मद्धत गर्छ । 

– ताजा गाँजरको रसमा थोरै पानी मिसाएर पिउने गरे त्यसले पनि तौल घटाउन मद्धत गर्छ । 

– एक कप पानीमा एक चम्चा मह, थोरै तुलसीको पत्ताको धुलो मिसाएर पिउने गरे तौल घटाउन मद्धत गर्छ । 

– अदुवा पिसेर त्यसमा रातो खुर्सानी मिसाएर खाने गरे मोटोपन घटाउन सहयोग पुग्छ । 

– तौल नियन्त्रण गर्नका लागि सकेसम्म जंक फुड खानाबाट जोगिने । घरमा बनेको मसलामुक्त खानेकुरा खाने गरे तौल घटाउन फाइदा पुग्छ । 

 

– १०-१२ वटा निमको पत्ता तीन महिनासम्म लगातार खाने गरे पनि तौलमा नियन्त्रण गर्न सकिन्छ ।