बलिउड नायक ऋतिक रोशनले अर्का नायक अमिर खानले सुरू गरेको बाढी पिडित सहयोग कार्यक्रमका लागि करिब ४० लाख रूपैयाँ दिएका छन् । भारतको उत्तराखण्डमा आएको बाढीले प्रभावित भएकाहरूलाई सहयोग गर्न सुरू गरेको सहयोग कार्यक्रमका लागि नायक ऋतिकले ४० लाख दिएका हुन् ।
केही दिनअघि अस्पताल भर्ना भएका ऋतिकले अमिरले सुरू गरेको उक्त च्यारिटीका लागि अमिरले राखेको ४० लाख बराबरकै सहयोग गरेका हुन् । उनले सहयोगको रकमका लागि चेक समेत पठाइसकेको बताइको छ ।
उनले चेक अमिरसम्म पुगे नपुगेको बारे समेत जानकारी लिएको सञ्चारमाध्यमहरूमा जनाइएको छ । उनले उक्त सहयोग रकमको चेक आफ्ना विश्वास पात्र अशोक भासोदियामार्फत अमिर खानसम्म पुर्याएका थिए । उनी बिरामी भएका कारण आफै जान नसकेको उनको भनाई छ । उनले सहयोगका विषयमा अमिरलाई फोन गरेर कुराकानी गरेका थिए ।
उनले आफुले अरूलाई सहयोग गर्दा अरूले जे गर्छन् त्यही काम नै गरेको बताएका छन् ।