rice cooking२७ भदौ, काठमाडौ । आगामी भदौ ३० गते अर्थात् आइतबार एकादशी परेको छ । हिन्दु धर्ममा एकादशीका दिन प्राय अन्न नखाने चलन छ । धर्ममा विश्वास राख्नेहरू र पुजापाठ गर्ने ब्राम्हणहरूले एकादशीको दिन सकेसम्म चामल तथा अन्य अन्न समेत नखान सल्लाह दिन्छन् । सबै एकादशीमा अन्न खानै नहुने भन्ने ठोस कारण भने छैन् । तर, आगामी आइतबारको एकादशीको दिन भने चामल तथा जौ मुखमा हाल्न नहुने बताइन्छ ।

यसको कारणबारे धार्मिक शास्त्रमा एक कथन छ । धार्मिक कथा अनुसार एक ऋषीले भवानीबाट बच्नका लागि आफ्नो शरिर पृथ्वीमा त्याग गरेका थिए । उनले आजकै दिन आफ्नो शरिर त्याग गरेका थिए । ऋषि मेधाले पृथ्वीमा आफ्नो शरिर त्याग गरेपछी उनको शरिरको अंशबाट चामल र जौ उत्पन्न भएको थियो । यसै कारण चामल र जौलाई आजको दिनमा कुनै जीवको रूपमा लिइन्छ । यसै कारण एकादशीका दिन चामल नखानु उत्तम मानिन्छ ।

यस्तै, एकादशीको दिन चामल खान नहुनुको वैज्ञानिक कारण पनि रहेको छ । चामलमा पानिको मात्र निकै बढी हुन्छ । चामल खानाले हाम्रो शरिरमा पानीको मात्रा बढी हुन्छ । एकादशीको दिनमा मनलाई नियन्त्रण गर्नु निकै महत्वपूर्ण हुन्छ । उक्त दिन चामल प्रयोग गर्दा शरिरमा पानीको मात्र बढी हुन जान्छ र चन्द्रमाको प्रभावले मन अनियन्त्रित हुन्छ । मनमा अधार्मिक चेतनाले ठाऊँ लिँदा जीवनमा नै त्यसले नकारात्मक असर पार्दछ ।

एकादशीका दिन खाना खानुका बेफाइदा
– चामलको प्रयोग गर्दा शरिरमा पानीको मात्रा बढी हुन्छ र चन्द्रमा हाम्रो शरिरमा रहेको पानीप्रति आकर्षित हुने गर्छ । जसले गर्दा हामीलाई पेट सम्बन्धी रोग लाग्न सक्छ ।
– शरिरमा भएको पानीको मात्रालाई चन्द्रमाले प्रभाव पार्छ जसले गर्दा शरिरमा अपच, वायु, कब्जियत जस्ता समस्या देखिन सक्छ । साथै शरिरमा आलस्य उत्पन्न गर्छ ।