२० बैशाख, कैलाली । कैलालीको लम्कीस्थित पाइनियर्स एकेडेमीको बसमा अज्ञात समूहले आगजनी गरेको छ । स्कूल प्राङ्गणमा राखिएको भे १ ख १२१८ नम्बरको स्कुल बस आगजनीबाट पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बसमा आगजनी गर्नेको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको बताइएको छ ।