mohan vaidiya and biplab
चुनावको मुखैमा नेकपा-माओवादी लगातार ‘सफ्ट हुन’ थालेपछी उक्त पार्टीका भविष्यलाई लिएर अनेकथरि टिका टिप्पणी शुरु भएको छ।

हुन त मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादीमा ‘चेत’ आउनु राम्रो पनि हो तर जसरी वैद्य नेतृत्व माओवादीमा बदलाव देखीन थालेको छ यसबार राजनैतिक विश्लेषकहरुले फरक फरक तर्क प्रस्तुत गरेका छन् ।

स्रोत भन्छ १० दिने आमहडताल बारेमा नेकपा-माओवादिका नेता बिच मतान्तर देखिएको थियो। त्यसैका कारण सञ्चारामध्यममा आमहडताल सम्पुर्णरुपमा फिर्ता लिने सम्मका कुरा चुहिए र अन्तत आमहडताल किस्ताबन्दीमा गरि ७ दिनमा सिमित पारिएको छ। स्रोतलाइ विश्वास गर्ने हो भने यो हडताल अझै घट्नेछ ।

एकाएक यसरी माओवादिका नेतामा कसरी परिवर्तन ?

नेकपा-माओवादीका सवै नेता भने आमहडताल फिर्ता लिने वा घटाउने प्रति सहमत भएका होइन् बरु एउटा पक्ष त अझै उग्र हुँदै गएको बताइन्छ।

पहिले उग्र कुरा गरेपनि कुनै पनि हालतमा हिंसात्मक आन्दोलन गर्न नसकिने र शान्तिपुर्ण जनविद्रोहका पक्षमा पनि माहोल बनाउन नकसिनेमा माओवादीको एक समुह पुगिसकेको छ ।उता पार्टी भित्रकै अर्को समुह भने समय कुरेर भएपनि ‘केही न केही’ गरि शक्तिआर्जन गर्नु पर्नेमा छ।

पार्टी फुट्दा सम्म टपक्क मिलेका माओवादी नेताको अन्तरविरोध पनि अनौठो छ । पहिले प्रचण्डलाइ दुइ जिब्रो आरोप लगाउने नेताहरु आजकल दिन दिनै कुरा फेर्न थालेका छन्। फरक नेताहरुबाट फरक कुरा सुनिन थालेको छ ।यसलाइ माओवादी भीत्र विदेश शक्तिले गर्न थालेको घनिभुत चलखेलका अर्थ्याउने थालिएको छ।

विदेशीका कुरा बुझ्ने नाममा केही माओवादी नेता विदेशी शक्तिकेन्द्रसंग निरन्तर सम्पर्कमा रहन थालेपछी माओवादीमल बदलाव देखिन थालेको बुझाइमा माओवादीकै कार्यकर्ताको रहेको छ।

खेलाडी भारत नै

युरोपियन युनियन, अमेरिका र चीनलाइ उछिन्दै पुनः भारतले नै माओवादीमा तरंग ल्याउन थालेको स्रोत बताउँछ। विशेष गरि भारतिय गुप्तचर सस्था ‘र’ ले माओवादीको एउटा पक्षलाइ उचाल्ने र अर्को पक्षलाई चुनाव नबिथोल्न दबाब दिने गरेको बताइन्छ।

भारतसंग नजिक रहेका विश्वास गरिएका केहि नेता कार्यकर्ताले पनि यसलाइ पुष्टी गर्दै वैद्य माओवादीमा भारतको चलखेल शुरु भएको संकेत गरेका छन्। चुनाव नजिकिदै जाँदा यसमा अझैं वृद्धी हुने आँकलन छ।

माओवादीसंग नजिक राजनैतिक विश्लेषक भरत दाहालले पनि दिल्लीले ड्यास माओवादीको एउटा पक्षलाई युद्धका लागि उकास्ने र अर्को पक्षलाई कथित शान्तिका लागि दबाब दिने दोहोरो भुमिका खेल्दै आएको बताएका छन्।

उनि भन्छन-‘माओवादीभित्रका गुटलाई अलग अलग ढंगले व्यवहार गर्ने र यसलाई दिशाबिहिन अराजकतामा फसाएर निरर्थक हिंसाका लागि प्रयोग गर्दै त्यसकै बहानामा त्यहाँभित्रका देशभक्तहरुलाई सदाका लागि जेलमा सडाउन लगाउने षडयन्त्र हुनसक्छ यो । ‘

फरक मानिसका फरक तर्कका बाबजुत नेकपा-माओवादी पार्टी भित्र अस्वाभाविक परिवर्तन देखीन थालेकोमा भने धेरैको मतैक्यता रहेको छ।