Sanjay Dutt

भारतिय चर्चित नायक संजय दत्त बारेमा आज भारतको सुप्रिम कोर्टले महत्वपुर्ण फैसला गर्देछ। सन १९९३ मा मुम्वइमा भएको सिरियल ब्लास्टका संग सम्वन्धि र अवैध हतियार राखेको विषयमा नायक दत्तमाथि अदालतमा मुद्धा चलिरहेको छ ।
भारतका भेट्रान नायक तथा राजनितिज्ञ सुनिल दत्तका छोरा समेत रहेका संजयलाई टाडा कोर्टले सन २००७ मा अवैध हतियार राखेको आरोपमा ६ वर्षको जेल सजाय सुनाएको थियो।उनलाई अदालतले अवैधरुपमा एके ५६ राइफल राखेको दोषी मानेको थियो। उनि १८ महिना जेल सबेर सुप्रिम कोर्टको ढोका ढकढकएका थिए।
सन १९९३ को मार्च १२ मा मुम्बइमा दुइ घण्टाको अन्तरालमा १२ वटा बम विष्फोट भएका थिए, जसमा २५७ जनाको ज्यान गएको थियो।