Iran-president-Ahmadinejad१९ जेठ‍, तेहरान (इरान) । उत्तर–पूर्वी इरानमा इरानी राष्ट्रपतिले यात्रा गरिरहेको एक हेलिकोप्टरलाई सङ्कटकालीन अवतरण गरिएको छ। इरानी राष्ट्रपति मोहमोउद अहमदिनेजाद र सरकारी अधिकारीहरू चढेका हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो ।

सो दुर्घटनाग्रस्त हेलिकोप्टरलाई विमान चालकले सङ्कटकालीन अवतरण गरेपछि राष्ट्रपतिलगायत सबै सकुशल रहेका जनाएको छ ।

उत्तर–पूर्वी इरानको एक पहाडी क्षेत्रमा एक स्थानीय परियोजनाको उद्घाटनका लागि राष्ट्रपति र सरकारी अधिकारीहरू लिएर उडेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ ।
यस दुर्घटनाबाट राष्ट्रपति, अन्य सरकारी अधिकारी र चालकदलका सदस्यसमेत सकुशल रहेका छन् । राष्ट्रपति अहमदिनेजादको आगामी अगस्त ३ तारिखका दिन राष्ट्रपतिको कार्यकाल समाप्त हुँदैछ ।