miss nepal 2013७ चैत, काठमाडौ । मिस नेपाल- २०१३ इशानी श्रेष्ठ भएकी छिन् ।
आज साँझ प्रज्ञा भवनमा आयोजित मिस नेपाल २०१३ मा अन्य १७ प्रतिष्पर्धीलाई पछार्दै इशानीले उपाधी जितेकी छिन् । यस्तै, फस्ट रनर अप रोजिशा शाही र सेकेन्ड रनर अप सृतिमा शाह भएका छन् ।

इशानी श्रेष्ठलाई ‘मिस नेपाल २०१३ को ताज गत वर्षकी मिस नेपाल श्रृष्टि श्रेष्ठले लगाइदिएकी थिइन् । ‘मिस नेपाल २०१३’ को उपाधीसँगै उनले नगद ५० हजार पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर जितेकी छिन् । उनी यसवर्ष आयोजना हुने मिस वल्र्ड २०१३ मा सहभागी हुनेछिन् ।
फस्ट रनर अप रोजिशा शाहीले उपाधीसँगै ३५ हजार नगद पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर जितेकी छिन् । उनी यसैबर्ष आयोजना हुने ‘मिस अर्थ’ मा सहभागी हुनेछिन् ।
सेकेन्ड रनर अप सृतिमा शाहले नगद २५ हजार हात पारेकी छिन् । उनी ‘मिस इन्टरनेशनल’ मा सहभागी हुन पाउँनेछिन् । यस्तै मिस व्युटिफुल स्माइलको उपाधी रिचु श्रेष्ठ, मिस ट्यालेन्टको उपाधी सिपोरा गुरुङ, मिस पब्लिक च्वाइसको उपाधी अश्मिता सिटौलाको उपाधी जितेका छन् ।