२२ बैशाख, एजेन्सी । ईजरायलले इरानी मिसाइल ध्वस्त पार्न भन्दै सिरियाको राजधानी दमास्कसमा क्षेप्यास्त्र प्रहार गरेको छ । सिरियाको राजधानीमा गरिएको उक्त क्षेप्यात्र आक्रमणमा इरानबाट लेबनान लैजान लागिएको मिसाइललाई ध्वस्त पार्ने योजना रहेको इजरायलले जनाएको छ ।

इजरायलले सिरियामा गरेको यो पछील्लो ३ दिनमा दोस्रो आक्रमण हो । सिरियामा भएको आक्रमणको सिरियाका सञ्चारमाध्यमहरूले पुष्टी गरेका छन् । उक्त मिसाइल इजरायल हानेको उक्त मिसाइल सिरियाको एक अनुसन्धान केन्द्रमा लक्षित गरिएको थियो । 

इजरायलले आफूहरूले सिरियाबाट कुनै पनि हतियार लेबनान पुग्न नदिने भन्दै उक्त आक्रमण गरेको जनाएको छ । आज बिहान गरिएको उक्त आक्रमण मात्र हतियारको ओसारपोसार रोक्नका लागी भएको इजरायलको भनाइ छ ।