२० वैशाख,काठमाडौँ । राष्ट्रिय समाचार समितिका पत्रकार रमेश लम्सालमाथि कुटपिट गरिएको छ। । कार्यालयको काम सकेर हिजो राति घर फर्कनेक्रममा उनिमाथी कुटपिट भएको छ । 

उनलाई काठमाडौँ मनमेजु गाविस नेपालटार नजिक त समाचार पनि लेख्छस् भन्दै दुईवटा मोटरसाइकलमा आएका नचिनेका मान्छेले आक्रमण गरेका थिए।
उनको ओठमा चोट लागेको छ । आक्रमणकारीले बालाजु बाइपासदेखिनै आफू चढेको गाडी पछाएको र नेपालटार पुगेपछि आक्रमण गरेको लम्सालले बताएका छन् ।