kamal thapa२४ असार, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा चार शक्तिको रवैयाप्रति निकै क्रुद्ध देखिएका छन् । पछिल्ला समयमा चार शक्तिप्रति उनको आक्रोश बढ्दै गएको छ ।

पूर्वराजाको आड र भरोसा त्यसैमाथी चार शक्तिप्रति जनताको आक्रोश बढ्दै गएको बुझेका अध्यक्ष थापाले जनताको आक्रोशमा आफ्नो आक्रोश पनि मिसाउन थालेका छन् । उनले चार शक्तिको संयन्त्रलाई कुनै हैसियत नभएको संयन्त्रको रूपमा समेत ब्याख्या गरेका छन् । चार शक्तिको संयन्त्रले सरकारी कार्यालय कब्जा गरी राज्यसत्ताको दुरूपयोग गर्दै कानुनू राज्यको उपहास गरेको समेत बताएका छन् ।

उनले यसबारे पछिल्लो समय देशभर घुमेर आफ्नो पक्षमा जनमत तयार पार्न लागेका पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि छलफल गर्ने तयारी गरेको बुझिएको छ । पूर्वराजाले देशभर घुमेर आफ्नो पक्षमा जनमत बनाएको र चार शक्तिलाई समेत चुनौती दिन तयार बनेका पूर्वराजा ज्ञानेन्द्रको विश्वास पात्रका रूपमा रहेका कमल थापाले चार शक्तिको यस्तो रवैयाबारे पूर्वराजालाई जानकारी गराउँदै उनीहरूविरूद्ध खनिने रणनीतिका विषयमा छलफल गर्ने तयारी कमल थापाको रहेको उनी निकट स्रोतको दावी छ ।

पूर्वराजाले देशभर घुमेर जनमत बनाएको तथा जनता पनि आफूहरू प्रति उत्साहित बनेको सुइको पाएका उनले पूर्वराजालाई फकाउने र आफ्नो पार्टीलाई अगाडि बढाउने सोचमा लागेका छन् ।