Katrina-Kaifबलिउड नायीका कट्रिना कैफ अहिले निकै व्यस्त छिन् । आफ्नी बहिनी नतासाको विवाहको तयारीमा व्यस्त नायीका कट्रिना कैफ रणवीर कपुरसँगको रोमान्समा पनि त्यतिकै अगाडि छिन् । उनले बहिनीको विवाहको तयारी चलिरहँदा समेत रणवीर कपुरलाई भेट्नका लागि श्रीलंका पुगेको खबर समेत चर्चामा रहेको छ । उनी र रणवीर कपुर अहिले रोमान्समा छन् । यी दुईको जोडीको चर्चा अहिले बलिउडमा हट केक नै बनेको छ ।

यसैबीच कट्रिनाले आफ्नी बहिनीको विवाह सकिए लगत्तै श्रीलंका जाने कार्यक्रम बनाएको समेत खुलासा भएको छ । उनी रणवीर कपुरलाई भेट्नका लागि श्रीलंका जान लागेको बताइएको छ । रणवीर कपुर अहिले चलचित्र ‘बम्बई भल्भेट’ नामक हिन्दी चलचित्रको सुटिङका क्रममा श्रीलंकामा छन् भने कट्रिनाले मुम्बई आउने योजना रद्ध गरेर उतै अर्थात् श्रीलंका जाने तयारी गरेकी छिन् ।