baby in wombकुनै पनि महिलालाई आमा बनेको समय निकै खुसीको पल हुने गर्छ । आमाको गर्भमा नौ महिनासम्म शिशुको पालन-पोषण हुने गर्छ । चिकित्सा विज्ञानका अनुसार गर्भ अवस्थामा क्रममा आमाले खाने र गर्ने कार्यले गर्भमा रहेको सन्तानलाई असर गर्ने गर्छ । यही विषयलाई हिन्दु धर्मग्रन्थमा पनि बताइने गरिन्छ । गरूड पुराणमा शिशु आमाको गर्भमा रहँदादेखी जन्म लिने समयसम्मको स्पष्ट विवरण दिइएको छ ।

 

गरूड पुरानमा भगवान् विष्णुले आफ्ना परम भक्त तथा बाहन गरूढलाई जीवन-मृत्यु, स्वर्ग -नर्क, पाप-पुण्य, मोक्ष पाउने उपायका बारेमा बिस्तारमा बताएका छन् । गरूड पुराणमा गर्भवस्थामा रहँदा शिशुले के-के कष्ट भोग्नुपर्छ र उसले कसरी भगवानलाई सम्झने गर्छ जस्ता विषयलाई पनि समेटिएको छ । थाहा पाऔ गरूड पुराणका अनुसार गर्भावस्थामा रहँदा शिशुले भोग्ने पिडा र भगवानको स्मरणबारे रोचक तथ्य…
– गरूड पुराणका अनुसार महिलामा ऋतुकाल आएपछी सन्तानको उत्पती हुने गर्छ, यस कारण तीन दिन महिलाहरू अपवित्र हुने गर्छन् । ऋतुकालको पहिलो दिन महिला चाण्डाली, दोस्रो दिन ब्रम्हघातिनी र तेस्रो दिन धोविनीको रूपमा रहने गर्छिन् । ईश्वरबाट प्रेरित भएर कर्मले शरिर धारण गर्नका लागि पुरूषको वीर्य बिन्दुको माध्यमबाट स्त्रीको गर्भमा जीव उत्पतिको लागी प्रवेश गर्ने गर्छ ।

 

– पहिलो रातमा सुक्ष्म कण, पाँचौ रात्रीमा बुलबुले बन्दै एउटा मासुको पिण्डको रुपमा जीवको विकास हुन थाल्दछ ।

– एक महिनामा टाउको, दोस्रो महिनामा हातको रचना हुन्छ । तेस्रो महिनामा नङ, कपाल, हड्डी, लिंग, नाक, कान, मुख आदी अंग बन्छन् । चौथो महिनामा छाला, रगत, मासुको निर्माण हुने गर्छ । पाँचौ महिनामा शिशुलाई भोक-प्यास लाग्ने गर्छ । छैटौ महिनामा शिशु गर्भको झिल्लीबाट निस्किएर आमाको गर्भमा घुम्न थाल्छ ।

 

– आमाले खाने अन्न, खाना आदीबाट बढ्दै गरेको शिशु कृमी जीवले काट्दा उसको सबै अंगले कष्ट पाउने गर्छन् र बारम्बार शिशु बेहोस समेत हुने गर्छ । आमाले खाने अमिलो, पिरोले शिशुलाई निकै दुख हुने गर्छ ।

 

– यसपछी शिशुको टाउको तल र खुट्टा माथी हुने गर्छ । यस समयमा शिशु चल्न सक्दैन । जसरी एउटा पिजँडामा रहेको चरा छटपटाउँछ त्यसरी नै शिशु आमाको गर्भमा छटपटाउँछ । यहाँ शिशु सात धातुबाट डराएर हात जोडेर भगवानसँगउ प्रार्थना गर्ने गर्छ ।

 

– सातौ महिनामा शिशुलाई ज्ञान प्राप्त हुन्छ । शिशुले उक्त समयमा म यो गर्भबाट बाहिर निस्केभने ईश्वरलाई भुल्नेछु भन्दै दुखी हुन्छ र यताउता डुल्न थाल्छ । सातौ महिनामा शिशु अत्यन्त दुःखी र वैराग्ययुक्त हुने गर्छ र भगवानको स्तुती गर्ने गर्छ, ‘लक्ष्मीका पति, जगदाधार, संसारलाई पाल्ने पालनकर्ता, शरनमा आएकालाई पालन गर्ने भगवान् विष्णु म हजुरको शरणमा छु ।’

 

– गर्भमा रहेको शिशु भगवान् बिष्णुको स्तुती गर्दै भन्छ, ‘भगवान् मलाई यो ठाऊँबाट मुक्ति दिनुस्, म बाहिर निस्केर केहि राम्रो काम गर्नेछु । मैले यहाँ निकै दुःख पाए । म यहाँबाट बाहिर निस्केर यस्तो उपाय खोज्छु जसबाट मैले मुक्ति प्राप्त गर्न सकू ।

 

– ‘मलाई यो गर्भबाट बाहिर निस्कने चाहना राख्छु । हे भगवान् मलाई कहिले बाहिर निकाल्नुहुन्छ । सबैलाई दया गर्ने ईश्वर तपाईले मलाई यो ज्ञान दिनुभएको छ की म उनकै शरणमा जानेछु, यसकारण कि मेरो जन्म-मृत्यु उचित छैन् ।’

 

– गरूड पुराणका अनुसार यस्तो अनुनयपछि पनि शिशूले आफू गर्भबाट बाहिर निस्किन नचाहने इच्छा व्यक्त गर्छ भगवान् सँग । बाहिर निस्केपछी पापकर्म गर्नुपर्ने र त्यसले आफूलाइ नर्कमा पुर्याउनेछ । यस कारण आफू निकै दुःखी भएको छु तरपनि दुःख रहित भएर तपाईको चरणमा आश्रय लिइरहेको छु । म तपाईको चरणमा आश्रय लिएर आत्मालाई संसारबाट उद्धार गर्नेछु ।