iPhone 5-at display२५ भदौ, काठमाडौ । एप्पलको नयाँ स्मार्टफोन आईफोन ५ सी सार्वजनिक गर्ने तयारी गरेको छ । एप्पलले अन्य स्मार्टफोनभन्दा केही मध्यम बजेटमा निकालेको छ । एप्पलले उक्त फओन आज सार्वजनिक गर्ने बताइएपनि उक्त कुराको पुष्टी भने हुन सकेको छैन् ।

अन्य पछील्ला स्मार्टफोन भन्दा केहि सस्तो यो आइफोन अमेरिकामा सार्वजनिक हुने बताइएको छ । कम्पनीले यो स्मार्टफोनसँगै अर्को स्मार्टफोन जसको धेरैले कुरिरहेका थिए, आईफोन ५ एस पनि आजै सार्वजनिक हुने बताइएको छ ।
उक्त फोनमा रहेका नयाँ फिचर र अन्य उत्पादन के-के छन् थाहा पाउनुस्…

– फिंगरप्रिन्स स्क्यानरः एप्पलको सिग्निचर डिभाईस आईफोनमा हरेक पटक केही न केहि नयाँ कुरा आएकै हुन्छ । नयाँ आईफोन ५ एस मा पनि नयाँ प्रविधी फिंगरप्रिन्ट स्क्यानर हुने छ । यो सुविधाको मद्धतले फोनको सुरक्षा अझ प्रभावकारी हुनेछ । यस प्रविधीमा तपाईको फिंगर प्रिन्टको प्रयोगलर मात्र तपाईको स्मार्ट फोन खुल्नेछ ।

– सुनौलो रंगः एप्पलले ल्याउन लागेको स्मार्टफोन ५ एसको रंग सेतो, कालो र सुनौलो हुनेछ । आईफोनमा सुनौलो रंगको आउने कुराले केही समयअघि देखीनै मानिसलाई निकै चासो देखाएको छ । फोनको रंग कस्तो हुने र कस्तो देखीन्छ भन्ने हेर्नका लागी मानिस आतुर छन् ।

– आईफोन ५ सीः यो एप्पलको नयाँ फोन हो जसको मूल्य अन्य आईफोनको भन्दा निकै सस्तो हुनेछ । थोरै बजेटमा राम्रा फिचर भएको आईफोन लिनेका लागी लक्षित गरेर बनाइएको यो आईफोनले धेरैलाई सहज बनाउने छ । १६ जिबि र ३२ जिबीको मेमोरी गरी दूइ फरक फोन बजारमा आउनेछन् ।

– स्मार्टफोन ५ सी फरक फरक रंगहरूमा आउने छ । कम्पनीले धेरै रंगमा यो स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको बुझिएको छ ।