मृत्युको अघि पछि गरिने अनेक कृत्यको वर्णन भएको हिन्दूहरुको पवित्र धर्मग्रन्थ गरुड पुराणमा नरकका बारेमा पनि सविस्तार व्याख्या गरिएको छ।

पाप गरेका मानिस नरक जाने धार्मिक विश्वासम हिन्दु धर्मावलम्बीहरुमा रहँदै आएको छ।

Narakaगरुड पुराणमा फरक किसिमका पापलाई फरक किसिमका नरक प्राप्त हुने लेखिएको छ।

गुरुड पुराणमा नरकहरु अनगिन्ति हुने उल्लेख छ, ती मध्य पनि ७ वटा प्रमुख नरक छन्, जहाँ जिवन कालमा पाप गर्ने मानिसलाइ मृत्यु पर्यन्त कठोर सजाय दिने गरिन्छ।

हाम्रो देशलाई नेता पिडित मानिन्छ। जुनसुकै पार्टीका प्राय नेता देश र जनताप्रति इमान्दार नभएको आम गुनासो छ। धेरै नेताहरुले चुनावका बेलामा खुव झुट बोल्ने गरेका छन्। भाषणमा राम्रा कुरा सुनेर भोट हाल्ने जनताले भाषण अनुसार नेताले काम नगरेपछि निराश हुने गरेका छन् ।

गरुङ पुराणमा झुट भाषण गर्ने राजनेतालाई छुट्टै नरक प्राप्त हुने कुरा उल्लेख छ। गरुङ पुराणमा उल्लेख भए अनुसार झुटो वा असत्य भाषण गर्ने व्यक्ति तप्तकुम्भ नामक नरक पर्नु पर्ने लेखिएको छ।

कस्तो छ तप्त कुम्भ नरक ?
यस नरकको चारै तिर फलामको धुलो सहित भल्की रहेको तेलका बिशाल घडाहरु हुन्छन, यम दूतहरुले पापिजनहरुलाई उधमुन्टो पारेर त्यसैमा हाली दिन्छन र यी महापापिहरुको मासु र छाला छुट्याइन्छ। बेसहरा पापिहरुलाई त्यहीँ गिद्दहरु ठुँङ्छन र चुँडेर उडछन्। पापिहरु पुन त्यही तेलको कराहीमा खस्छन।

गरुण पुराणमा उल्लेख गरिए अनुसार झटो वा असत्य भाषण गर्ने नेताहरु यस्तो तप्त कुम्भ नामक नरकमा यस्तो सजायमा भागिदार हुन्छन्।

प्रमुख सात किसिमका नरक यस प्रकार छन्
१. रौरब २. महारौरब ३. अतिशीत ४. निक्रिंतन ५. अप्रतिष्ठा ६. असिप्त्रवन ७. तप्तकुम्भ

के हो गरुड पुराण ?

गरूड़ पुराण वैष्णव सम्प्रदायसित सम्बन्धित छ र सनातन धर्ममा मृत्युपछि सद्गति प्रदान गर्ने मानिन्छ। यसकारण सनातन हिन्दू धर्ममा मृत्युपछि गरुड़ पुराण श्रवणको प्रावधान छ। यस पुराणका अधिष्ठातृ देव भगवान् विष्णु हुन। यसमा भक्ति, ज्ञान, वैराग्य, सदाचार, निष्काम कर्मको महिमाका साथ यज्ञ, दान, तप तीर्थ आदि शुभ कर्ममा सर्व साधारणलाई प्रवृत्तगर्नका निम्ति अनेक लौकिक र पारलौकिक फलको वर्णन गरिएकोछ। यसका अतिरिक्त यसमा आयुर्वेद, नीतिसार आदि विषयका वर्णनको साथ मृत जीवको अन्तिम समयमा गरिने कृत्यको विस्तारसित निरूपण गरिएकोछ। आत्मज्ञानको विवेचन पनि यसको मुख्य विषय हो।

अठार पुराणमा गरुड़ महापुराणको आफ्नो अलग्गै विशेष महत्व छ। यसका अधिष्ठातृदेव भगवान् विष्णु हुन। अतः यो वैष्णव पुराण हो। गरूड़ पुराणमा विष्णु-भक्तिको विस्तारसित वर्णन छ। भगवान विष्णु्का चौबीस अवतारको वर्णन ठीक त्यसै गरि प्रकार यहाँ प्राप्त हुन्छ, जस प्रकार ‘श्रीमद्भागवत’मा उपलब्ध हुन्छ। आरम्भमा मनु्देखि सृष्टिको उत्पत्ति, ध्रुव चरित्र र बारह आदित्यको कथा प्राप्त हुन्छ। यसका उपरान्त सूर्य र चन्द्र ग्रहका मन्त्र, शिव-पार्वती मन्त्र, इन्द्रसित सम्बन्धित मन्त्र, सरस्वतीको मन्त्र र नौ शक्तिका विषयमा विस्तारसित बताइएकोछ। यसका अतिरिक्त यस पुराणमा श्राद्ध-तर्पण, मुक्तिको उपाय तथा जीवको गतिको विस्तृत वर्णन मिल्छ।

(विभिन्न स्रोत तथा धार्मिक पुस्तकहरुको सहयोगमा)