आफ्नो सम्बन्धमा टकराव आउन नदिन तथा आफ्नो जीवनसाथीलाई रिस नउठोस् भन्नका लागि महिला तथा पुरूषले बेला-बेलामा झुठो बोल्ने गर्छ । सकेसम्म आफ्नो जीवनसाथीलाई पिडा नदिन तथा कुनै विषेश अवस्थामा हुने अनर्थबाट बचाउन सामान्य खालका झुठहरू बोल्ने गर्छन् ।

 

 

उनीहरूको झुटको पछाडि हुने उदेश्य भनेको कसैलाई हानी नगर्ने र खराब अवस्था भए त्यसलाई सामान्य अवस्थामा ल्याउने नै हुन्छ । उनीहरू आफू असुरक्षित हुने अवस्थामा समेत झुठो बोल्ने गर्छन् ताकी उक्त असुरक्षित अवस्थाबाट उनीहरूले आफूलाई बचाउन सकुन् ।

happy-couple

 

झुठ बोल्न पुरूष होस् या महिला कसैलाई पनि सिकाइरहनु पर्दैन । आवश्यकता र अवस्था हेरेर दुवै झुठ बोल्न सिपालु हुन्छन् । पुरूष र महिलाबीच बोलिने झुठ विषेश गरी एक-अर्कालाई ठेस नपुर्याउनका लागि बढी प्रयोग गरिन्छ । अरूलाई ठेस नपुगोस् भनेर सानो झुठ बोल्न पुरूष तथा महिला दुवै सिपालु हुन्छन् ।

यसक्रममा यहाँ पुरूषहरुले महिलाको भावनामा ठेस नपुर्याउन र उनलाई आफूप्रति आकर्षित गर्न पुरूषले झुठ बोल्ने गर्छन् । पुरूषहरूले कस्ता कस्ता झुठ बोल्छन् भनेर केही समयअघि एक अध्ययन गरिएको थियो । बेलातमा गरिएको उक्त अध्ययनका क्रममा पुरूषहरू यदी विवाह अगाडि कुनै महिलासँग प्रेमसम्बन्धमा थिए भने उनीहरूले निकै धेरै झुठ बोल्ने गर्छन् । यी सबै झुठ पुरूषहरू महिलालाई आकर्षित गर्नका लागि गर्ने गर्छन् ।

 

थाहा पाऔ उनीहरूले बोल्ने झुठका बारेमा…
– मैले चुरोट छाडेः जब पुरूषहरूलाई कुनै महिलाले धुम्रपान गर्छौ भनेर सोधिन् भने पुरूषले दिने उत्तर सधै गर्दिन भन्ने नै हुन्छ । पुरूषलाई धुम्रपान गर्दै गरेको अवस्थामा महिलाले भेटिन् भने महिलाले यसलाई कहिल्यै स्विकार गर्न सक्दिनन् । यस्तै, पुरूषले अर्को जवाफ पनि दिने गर्छन पहिले धुम्रपान गर्ने गर्थे तर तिमीलाई भेटेपछि छाडिदिए ।

 

– तिमी मोटी देखिन्नौः कुनै पुरूषले आफ्नो पत्नी या प्रेमीकाले म यो कपडामा मोटी त देखिएकी छैन् भन्ने प्रश्न गर्दा पुरूषहरू पहिले त चुप नै बस्छन् तर, महिलालाई खुसी गर्नका लागि पुरूषहरुले महिलालाई उक्त कपडामा मोटी नदेखिएको र निकै सुन्दर देखिएको समेत बताउँने गर्छन् ।

 

– मलाई तिम्रो हातको खाना मन पर्छः केहि महिलाले निकै नमिठो खाना बनाउने गर्छन् । तर उनका प्रेमी या श्रीमानले सकेसम्म उनीहरूलाई खुसी राख्नका लागि उनीहरुले बनाएको खाना निकै मिठो भएको बताउने गर्छन् ।

 

– तिमीलाई नै हेरिरहेको छुः आफ्नो जीवनसाथी या प्रेमीकासँग कतै घुम्न जाँदा या सपीङ गर्न जाँदा कहिलेकाही कुनै अन्य महिलालाई हेरिरहेका हुन्छन् । तर, जब यो थाहा पाएर आफ्नी प्रेमीका या जीवनसाथीले के हेरिरहेको भनेर सोध्छिन् तब पुरूषहरूले मैले अन्य कसैलाई होइन तिमीलाई नै हेरिरहेको हो भन्ने जवाफ दिन्छन् ।

 

– मैले तिमीभन्दा सुन्दर देखेको छैन्ः पुरुषलहरूले बोल्ने अर्को झुठ हो, आफ्नी प्रेमिका या जीवनसाथीलाई सबैभन्दा राम्रो या सुन्दर भन्नु । पुरूषहरू आफ्नो प्रेमीका या जीवनसाथीलाई खुसी राख्नका लागि सकेसम्म उनलाई अन्य भन्दा धेरै सुन्दर देख्ने गर्छन् ।